ब्राउन सुगर सहित दुई भारतिय युवक प्रहरीको नियन्त्रणमा

दोधारा । माहाकालीमा ब्राउन सुगर सहित दुई भारतिय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ् । माहाकाली नगरपालिका वडा नं. १, पशुपती वोर्डिङ्ग स्कुल नजिक उनि दुबैलाई अबेर सा“झ प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् । प्रहरीले भारतको जिल्ला चम्पावत, ग्राम बानबासा निवासी अन्ताजी वर्ष २८ का पवन सिंह खोलीया र वर्ष अन्ताजी २४ का जितेन्द्र चन्दलाई प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

उनिहरु संग लागु औषध ब्राउन सुगर, युए ०३५३ नम्वरको भारतिय नम्वर प्लेटको मोटरसाईकल नियन्त्रणमा लिएको बताईएको छ् । प्रहरीले कती ब्राउन सुगरको मात्राको बारे भने खुलाएको छैन् । शुदुर पश्चिम लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयको टोलीले ब्यापारी बनेर बिगत ६ महिना देखि पछ्याई रहेको बताएका छन् । प्रहरीले उनिहरुलाई सेम्पल लिएर आउनको लागी माहाकाली नगरपालिका वडा नं. १ मा बोलाएपछि नियन्त्रणमा लिएको शुदुर पश्चिम लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयका टोली ईन्चार्ज धनन्यजय मल्लले जानकारी दिएका छन् ।

‘यिनीहरु मध्ये पवन खौलिया बिगत लामो समय देखि लागु औषध कारोवारमा संलग्न भएका ब्यक्ती हुन्’ शुदुर पश्चिम लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयका टोली ईन्चार्ज धनन्यजय मल्लले भने । उनि दुबै भारतिय युवकलाई लागु औषध ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको छ् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु