८ ओटा ग्रहले एक तारालाई परिक्रमा गरिरहेको नासाको भनाइ

एजेन्सी । पृथ्वीदेखि निकै टाढा रहेको एक तारालाई ८ वटा ग्रहले घुमिरहेको नासाले बताएको छ । केपलर–९० नामको उक्त तारालाई ८ वटा ग्रहले परिक्रमा गरिरहेको नासाले बिहीबार जानकारी दिएको हो । सूर्यपछि धेरै ग्रहले परिक्रमा गर्ने यो तारालाई पहिलो पटक उनीहरूले पत्ता लगाएका हुन् । यस खालका तारा अरू पनि हुन सक्ने अनुमान समेत उनीहरूले गरेका छन् ।

यसभन्दा अघि अनुसन्धानकर्ताले पृथ्वीभन्दा २ हजार ५ सय ४५ प्रकाश वर्ष टाढा रहेको उक्त तारालाई ७ वटा ग्रहले मात्रै परिक्रमा गरेको बताएका थिए । तर गुगलको आर्टिफिसिअल इन्टेलिजेन्सले नासाद्धारा संकलित सूचना तथा तथ्य अवलोकन गरेपछि ८ वटा ग्रहले परिक्रमा गरेको तथ्य बाहिर आएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु