अष्ट्रेलियाको सिड्नीमा भाषा सम्मेलनको अायोजना हुँदै

सिड्नी । नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलियाले यहि अाउँदो डिसेम्बर १७ तारिखका दिन अष्ट्रेलियाको सिड्नीमा भाषा सम्मेलनको अायोजना गर्ने भएको छ । मंचले अाफ्नो ११अाैँ वार्षीकोत्सवको अवसर पारेर यस कार्यक्रमको अायोजना गरेको हो । कार्यक्रममा भाषाविद अम्रित योन्जन तमाङले मातृ भाषाको महत्व र मान्यताका बारेमा अाफ्नो विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बोमजन अटोमोटिभ्स र द म्यानेजरको प्रायोजन रहेको यस कार्यक्रममा निशुल्क सहभागीता जनाउन सकिने मंचले जनाएको छ । कार्यक्रमस्थल ६६ प्रिन्सेस् सेन्ट,अासबरी, सिड्नी तोकिएको छ भने कार्यक्रम दिउँसो ४ बजेबाट सुरू हुने बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु