अोली सरकारमा जान राजपा पनि सकारात्मक

काठमाडाैं । प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन राष्ट्रिय जनता पार्टी  राजपा लाई गरेको प्रस्तावमा राजपा पनि सकारात्मक देखिएको छ। राजपाले यस विषयमा निर्णय लिने अधिकार अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ।

‘हामीले सरकारमा सहभागिताको विषयमा निर्णय लिन र सरकारसँग कुराकानी गर्ने सम्पूर्ण अधिकार महन्थजीलाई दिएका छौं,’ राजपा नेता केशव झाले भने, ‘फोरमसँग संविधान संशोधनमा सरकार लचिलो बन्न खोजेको संकेत पाएका छौं, यो राम्रो हो। सरकार संविधान संशोधनमा सकारात्मक हुनु हाम्रा लागि पनि राम्रै हो।’

ठाकुरले निर्णय क्षमता आफूमा केन्द्रित गरेपछि प्रधानमन्त्री ओलीसँग औपचारिक छलफल गर्न पाएका छैनन्। ओलीसँगको छलफलपछि मात्र राजपाले यस विषयमा थप निर्णय लिने नेता झा बताउँछन् । अाजको अन्नपुर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु