विश्वको सबैभन्दा तीव्र गतिमा चल्ने कारको मूल्य कति ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । ५०० किमी प्रतिघन्टाको गतिमा कुद्न सक्ने विश्वको सबैभन्दा तीव्र गति भएको कार चाँडै बजारमा आउने भएको छ । १६ करोड मूल्य बराबरको यो कारले एउटा मिनी प्लेनलाई समेत पछि पार्न सक्ने बताइएको छ ।

पहिलो परीक्षणमै यो कारले ४३४ किमी प्रति घन्टाको रफ्तार हासिल गरेको थियो । ‘भेनोम भी–5’ नाम राखिएको यो अत्याधिक गतिको कारमा सात हजार सीसीको टर्बोचार्ज भी–5 इन्जिन लगाइएको छ जसको शक्ति १६०० हर्सपावर भएको बताइएको छ । तर यसको तौल भने सामान्य कारहरु जस्तै १३०० किलोग्राम मात्र रहेको छ जसले यसलाई तेजीका साथ कुदाउन मद्दत गर्छ ।

यसभन्दा पहिले ‘बुगाती वेरन’ लाई विश्वको सबैभन्दा तेज कारको नाम दिइएको थियो जसको गति ४३४ प्रतिघन्टा रहेको थियो । भेनम भी–5 को सात हजार सीसीको इन्जिनले नै यसलाई ताकत् दिन्छ जसले केबल १० सेकेन्डमै ३०० किमी प्रति घन्टाको रफ्तार लिन सक्छ । विमानको अवतरण गतिको समान यस कारलाई अहिले प्रदर्शनका लागि राखिएको छ ।

141 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु