अष्ट्रेलियामा बढी काम गर्नेमा नेपाली समुदाय सबैभन्दा अगाडी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिड्नी । अष्ट्रेलियामा बढी काम गर्नेमा नेपाली समुदाय सबैभन्दा अगाडी देखिएकाे छ । सन् २०१६ काे जनगणना अनुसार विदेशी भूमिमा जन्मिएर अष्ट्रेलिया आएका मध्ये श्रम गर्नेमा नेपाली पहिलाे नम्बरमा परेकाे हाे ।

अष्ट्रेलियामा हरेक पाच जना नेपालीमध्ये ४ जनाले राेजगारी गर्ने गरेका छन् । याे तथ्यांकले पनि नेपाली मेहनति छन् भन्ने देखाउछ । हरेक वर्ष विद्यार्थीका रुपमा अष्ट्रेलिया भित्रिने नेपालीकाे संख्या उल्लेख्य छ । व्यवसाय, राेजगार र रियल स्टेटमा समेत नेपालीकाे पहुच बढ्दाे छ ।

अष्ट्रेलियाकाे तथ्यांक ब्युराे (एबिएस) काे तथ्यांक अनुसार ७९.२ प्रतिशत नेपाली अष्ट्रेलियामा राेजगारी गर्छन् । त्यस्तै सबैभन्दा बढी काम गर्ने दाेस्राेमा जिम्वाब्बे छ । जिम्वाब्बेका ७६.४ प्रतिशत काम गर्छन् । ब्राजिल ७३.४ प्रतिशत सहित तेस्राेमा छ भने साउथ अफ्रिका ७१.८ सहित चाैथाेमा छ । अष्ट्रेलियामा पाचाै धेरै काम गर्नेमा क्यानाडामा जन्मिएका मानिस छन् । क्यानाडाका ७१.१ प्रतिशत मानिस काम गर्छन् । अष्ट्रेलियामा हप्तामा पुरुषले ३९ देखि ४२ घण्टा र महिलाले ३० घण्टा सम्म अाैषत काम गर्ने गरेका छन् ।

1,227 total views, 10 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु