‘ओलीले सपना देख्न पाउनुहुन्छ, एक्लै बरबराएर कम्युनिष्टको सरकार आउँदैन’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले अागामी चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउएरै छाड्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले अायोजना गरेको चुनावी बहसमा बोल्दै नेता आचार्यले लोकतन्त्र र संविधानको रक्षाका लागि जनताले कांग्रेसलाई बहुमत दिने र अतिवादतर्फ जाने बाटो जनताले नरोज्ने विश्वास व्यक्त गरे । नेता आचार्य मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।

वाम गठबन्धनका नाममा एमाले–माओवादीले सत्ता प्राप्तिका लागि चुनावी तालमेल गरेको अारोप लगाउँदै अाचार्यले भने, ‘ओलीले सपना देख्न पाउनुहुन्छ । एक्लै बरबराएर कम्युनिष्टको सरकार आउँदैन । नेपाली जनमत लोकतन्त्रका लागि हो’।

पहिले पनि पञ्चायत, माओवादी जनयुद्ध र राजाको शाषनका कारण कांग्रेसले बहुमत ल्याउँदा पनि सोचे जति काम गर्न नसकेको बताउँदै राजनीतिक अधिकारका लागि कांग्रेसले धेरै समय विताउनुपरेको उनले स्मरण गरे । वाम गठबन्धनले बहुमत ल्याएमा वैचारिक मतभेद उत्पन्न भई आर्थिक समृद्धिको यात्रामा प्रभाव पर्ने पनि अाचार्यले स्पष्ट पारेका छन् ।

गणतन्त्रपछिको पहिलो संविधान सभा चुनावपछि ४ जना कम्युनिष्ट प्रधानमन्त्री हुँदा संविधान निर्माण गर्न नसकेको उदाहरण दिंदै आचार्यले कम्युनिष्टहरुले गफ धेरै गर्ने काम केही गर्न नसक्ने आरोप लगाए ।उनले संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि कांग्रेसको विकल्पमा अरु कुनै दल हुन नसक्ने पनि बताए ।

 

137 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु