मकवानपुरमा खुकुरी अातङ्क, तीनको मृत्युपछि दोषी पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । मकवानपुरस्थित मनहरी–७ विजौनाका सुमन बराइलीले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा सोहि ठाउँका तीन जनाको मृत्यु भएको छ । अन्दाजी ३०/३२ वर्षका बराइलीको मानसिक सन्तुलन ठीक नभएको प्रहरीले अनुमान लगाएको छ । खुकुरी प्रहारबाट ५२ वर्षका सिताराम धिताल, धितालकै १२ वर्षीय छोरा सुदन र ६० वर्षीय जीतबहादुर बुलनको मृत्यु भएको हो ।

मृतक मध्ये दुई जनाको भरतपुर अस्पताल चितवनमा मृत्यु भएको हो भने, एक जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाका बारेका स्थानीयले तत्काल प्रहरीलार्इ खबर गरेका कारण बराइलीलार्इ केहि समयमा नै प्रहरीले पक्राउ गरेको छ ।

यसरी घटेको थियो घटना

मंगलबार साँझ काम सकेर नाताले मित पर्ने सिताराम सुमनको घरमा पुगेको थिए ।  चुरियामाईले बोलाको छ भन्दै बिहानैदेखि असामान्य भाषा बोल्दै आएका सुमनले आँगनमा सीतारामलाई देख्न साथ खुकुरी प्रहार गरेका थिए । आधाभन्दा बढी गर्दन काटिएर सिताराम ढलेपछि सितारामका छोरा दौडेर बुबापटी आएका बेला सीतारामका छोरा सुदनलाई पनि त्यसैगरी गर्दनमै खुकुरी प्रहार गरेका थिए ।

सुदनमाथि खुकुरी प्रहार गरी बाटोमा हिडिरहेकी दाईकी छोरी रोशनीलाई पनि सुमनले खुकुरी प्रहार गरेका थिए । रोशनी डरले कान्लाबाट लडेका कारण, खुकुरीको चुच्चाले उनको लुगा अलिकति च्यात्तिएपनि उनलार्इ कुनै हानी हुन पाएन । गाउँलेहरुको भागाभाग चलिरहेको बेला  एकजना बृद्धा जीतबहादुर ब्लोनलाई सुमनले बाटोमा भेट्टाएर गर्दनमै खुकुरी प्रहार गरेका थिए । त्यसपछि प्रहरीले स्थानीयको सहयोगमा सुमनलार्इ पक्रिन सफल भएको थियो ।

202 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु