‘कांग्रेसले पहिलो पटक बहुमत ल्यायो ३८ वटा उद्योग बेचेर खायो ’ : अध्यक्ष अोली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले सत्ताको दुरुपयोग गरिरहेको जिकिर गरेका छन् ।

अाज काठमाडाैँमा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । नेपाली जनताले कर तिरको पैसा कांग्रेसको सरकारले गृहमन्त्रालयबाट आफ्ना कार्यकर्ताहरुलाई बाँडिरहेको अारोप पनि उनले लगाएका छन् ।

काँग्रेसले बहुदलपछि बहुमत ल्याउँदा देशलाई भड्खालोमा हालेको बताउँदै उनले भने, ‘पहिलो पटक बहुमत ल्यायो ३८ वटा उद्योग बेचेर खायो ।’ काँग्रेसलाई साम्यवाद नै थाहा नभएको बताउँदै आफूहरुले अहिले साम्यवाद नभई समाजवाद ल्याउन चाहेको पनि अोलीले स्पष्ट पारेका छन् ।

2,253 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु