एक गल्तीका लागि उत्तर कोरियाले आफ्नै सैनिकमाथि चलायो ४० गोली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । उत्तर कोरियाका एक सैनिकलाई उनकै देशका सेनाले लापरबाहीपूर्वक गोली प्रहार गरेका छन् । दक्षिण कोरियाको सिमा नजिकै हिँडिरहेका बेलामा यस्तो घटना घटेको हो । खबरका अनुसार उत्तर कोरियाली सेनाले उनीमाथि ४० गाली प्रहार गरेका थिए ।

उत्तर कोरिया छाडेर दक्षिण कोरिया भाग्न लागेको आशंकामा तिनीहरुले उनीमाथि गोली चलाएको बताइएको छ । उत्तर कोरियाका अन्य सैनिकले उनलाई त्यसरी दक्षिणको सिमाना नजिकै गइरहेको देखेपछि पहिले त चेतावनी दिएका थिए । तर ती सैनिकले उनीहरुले भनेको नमानेर अझै पनि त्यसैतर्फ गइरहेपछि तिनीहरुले उनीमाथि गोली प्रहार गरेका हुन् । उनीहरुले अन्दाधुन्द गोली चलाउन थालेपछि उनी भागेर उत्तर कोरियाको सिमाना पार गर्न सफल भएका थिए । त्यसपछि दक्षिणका सेनाले उनलाई तुरुन्तै अस्पताल पुर्याएका थिए । उनी अहिले गम्भीर अवस्थामा भएको बताइएको छ ।

यसरी एउटा शंकाको भरमा नै उत्तर कोरियाका सेनाले ४० गोली चलाएको हो । यस्तै घटनाका कारणले उत्तर कोरियका सेना र नागरिकहरु दक्षिण कोरिया भाग्न चीनको सिमानाको सहायता लिने गरेका छन् । दक्षिण कोरियाको सिमा क्षेत्रमा सेनाले भारी सुरक्षा गर्ने भएकाले उनीहरु चीनबाट सिमा पार गरेर दक्षिण कोरिया जाने गर्छन् । एजेन्सी

1,142 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु