भारतमाथि बंगलादेशको सानदार जित, नेपाल सेमिफाइनलमा प्रवेश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । एसीसी यू-१९ एसिया कपको समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलार्इ ८ विकेटले पराजीत गरेको छ । बंलादेशको यो जीतसाँगै नेपाल समूह उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । वर्षाका कारण खेल प्रभावित भएपछि डकवर्थ लेविस नियमका अाधारमा खेललाई ३२ ओभरमा सिमित राखिएको थियो ।

१९० रनको चुनौति पाएको बंगलादेशले २८ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । भारतलाई पराजित गर्ने क्रममा बंगलादेशका लागि पिनाक घोषले ७७ बलमा ३ छक्का र ६ चौकाको मदतले नटआउट ८१ रन बनाएका थिए । टस हारेर पहिलले ब्याटिङ गरेको भारतले ३२ ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।

समूह-ए नेपाल, बंगलादेश, भारत र मलेसिया रहेका थिए । जसमध्ये बंगलादेश सबै खेलमा जित हासिल गरी समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । आयोजक मलेसिया र भारत भने समूह चरणबाटै बाहिरिएका छन् ।

157 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु