भारतीय पक्षद्वारा सडक निर्माणमा अवरोध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

 

कञ्चनपुर । कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माण कार्यलार्इ भारतीय पक्षले अवरोध पुर्‍याएको छ । नेपाल–भारत सीमा पिलर ८०९ (५ ‘ए’) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइपको विषयलाई लिएर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो ।

नेपाली भूमिमै निर्माण भइरहेको सडकमा भारतीय पक्षले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै हतियारसहित आएका एसएसबीले निर्माण भइरहेको सडकमा पानी निकासका लागि हालेको ह्युम पाइप निकाल्नुपर्ने दबाब दिएपछि विवाद उत्पन्न भएको छ ।

भारतीय पक्षको अवरोधका कारण सडक निर्माणको कार्य नै रोकिएको छ । प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने भारतीय पक्षसँग संयुक्त छलफल गरेर निर्माण कार्य अगाडि बढाइने बताएका छन् ।

340 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु