एमाले नेता राईलाई हानेको बमको छर्रा लागि अंगरक्षक घाइते

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भोजपुर । एमालेका नेता तथा भोजपुरका प्रदेशसभा उम्मेदवार शेरधन राईमाथि मंगलबार प्रहार भएको छ । उक्त बमको छर्रा लागि उनका अंगरक्षक घाइते भएका छन् ।

भोजपुरको गोगनेको आमसभालाई सम्बोधन गर्न प्रस्थान गर्दै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम प्रहार भएको थियो ।

सडकको घुम्ति पारेर प्रहार गरीएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको हो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको हुनसक्ने अनुमान गरीएपनि आक्रमणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

141 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु