घरेलु कामदारका रूपमा नेपाली महिला अब जोर्डन जान पाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं । नेपाली महिला अबदेखि घरेलु कामदारका रूपमा जोर्डन जान पाउने भएका छन् ।  नेपाल र जोर्डनबीच श्रम सम्झौता भएपछि त्यहाँ नेपाली महिला घरेलु काममा जान पाउने भएका हुन् ।

सम्झौतासँगै कामदारको कार्यस्थल सुरक्षा, बीमा र रोजगार अधिकारलाई बलियो बनाइएको छ ।  अब जोर्डन जाने घरेलु कामदारले मासिक तीन सय  अमेरिकी डलर पाउने छन् भने गार्मेन्टमा जानेका लागि २५० डलर तोकिएको छ ।

जोर्डनसँगको सम्झौतामा रोजगारीका लागि जाने नेपाली कामदार निःशुल्क भिसा र टिकटमा जान पाउने छन् भने कामदारको हवाई टिकट र भिसा शुल्क रोजगारदाताले नै व्यहोनुपर्ने उल्लेख गरिएको छ ।

सरकारले यसअघि घरेलु कामदारका रूपमा विदेश जान महिलालाई रोक लगाएको थियो ।  श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जोर्डनसँग गरिएको श्रम सम्झौतामा महिला कामदारको समेत रोजगार अधिकार बलियो पारिएकाले त्यहाँ कामदार पठाउने व्यवस्था गरिएको जानकारी गराउनुभयो ।  जोर्डनबाहेक अन्य देशमा भने तत्कालै घरेलु कामदारका रूपमा नेपाली महिला जान पाउने छैनन् ।

वैदेशिक रोजगार विभागका अनुसार जोर्डनमा झण्डै पाँच हजार नेपाली कार्यरत छन् ।  तीमध्ये धेरैजसो गार्मेन्ट क्षेत्रमा कार्यरत छन् ।  गएको कात्तिक १ गते जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका डा. अलि अल गेजावीले श्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । अाजको गाेरखापत्र दैनिकले खबर छापेको छ ।

151 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु