अस्पतालमा दुई दिनमा दुई शिशु साटिएपछि….

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । २५ कात्तिकमा सर्लाहीको बलरा नगरपालिका ११ का राममनोजप्रसदा कुशलवाहाले नारायणी उपक्षेत्रीय अस्पताल शिशु जन्माईन । नर्सले छोरा जन्मिउको खबर सुनाए राममनाजले मिठाई किनेर आफन्त र नर्सहरुलाई बाँडे ।

तर, मिठाई बाँडेको केही क्षण बित्न नपाउँदै नर्सले जन्मिएको शिशु छोरा नभई छोरी भएको जानकारी दिएपछि उनको खुसी पलभरमै गायब भयो । पत्नी र शिशुलाई प्रसुती वार्डबाट निकालेर बेडमा ल्याएपछि नर्सले छोरी जन्मिएको बताए ।

मेरो त होसहवास नै उड्यो, उनले भने, बच्चा साटियो भन्ने मेरो कुरा कसेले पनि सुनेन् । अघिल्लो दिन शिशु साटिएको चर्चा सेलाउन नपाउँदै २६ कात्तिकमा सोही अस्पतालमा वीरगन्ज १ बजार छपकैया निवासी अनिल पासवानकी पत्नी उषादेवी बराको जितपुरस्थित माईतीघरबाट नारायणी अस्पतालमा पुर्याउने क्रममा घण्टाघर चोकबाट ई रिक्सामै शिशुलाई जन्म दिईन ।

उषाकी आमा जयगनिया देवीले पनि छोरा जन्मिए पनि नर्सले छोरी जन्मेको भनेपछि हंगामा मच्याईन् ।
यो स्पतालमा दुई दिनमा दुई शिशु साटिएको भन्दै आफन्तले खैलाबैला मच्चयाए । अाजको अन्नपुर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

339 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु