इटलीका भेट्रान गोलरक्षक बुफोनले लिए सन्यास

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । टिमको महत्वपूर्ण खेलाडीको रुपमा सन् २००६ मा इटालीलाई विश्वकपको उपाधि दिलाएका इटलीका भेट्रान गोलरक्षक जियानलुजी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। अन्तिम पटक विश्वकप खेल्ने योजना बनाइरहेका बुफोनले उनको राष्ट्र इटली नै विश्वकपमा छनोट हुन नसकेपछि सन्यास लिएका हुन्।

युरोपियन क्षेत्रको छनौटका लागि भएको प्ले–अफ अन्तर्गत सोमबार राति भएको दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि पहिलो लेगमा १–० ले पराजित भएको इटाली विश्वकपका लागि छनौट हुन सकेन । सन् २०११ को फेब्रुअरीदेखि कप्तानको जिम्मेवारी सम्हालेका बुफोनले यसअघि नै यो सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका थिए ।

युरोपेली प्लेअफको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि इटली स्वीडेनसँग १(० लेपराजित हुँदै विश्वकपको होडबाट बाहिरिएको हो। दुई दशक लामो करियरमा बुफोनले इटलीका लागि १७५ खेल खेलेका छन्। उनी इटलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडि समेत हुन्। बफोनले सन् १९९७ मा रुस विरुद्ध इटलीका लागि डेब्यु गरेका थिए। एजेन्सी

119 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु