६० वर्षपछि इटालीको विश्वकप यात्रामा पूर्णविराम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । चारपटकको विश्व विजेता इटालीको विश्वकप फुटबल यात्रामा पूर्ण विराम लागेको छ । सोमबार राति भएको विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीको विश्वकप यात्र समाप्त भएको हो ।

स्वीडेनसँगको पहिलो लेगमा १–० ले पराजित भएको इटाली दोश्रो लेगमा बराबरीमा रोकिएको हो । इटाली सन् १९५८ पछि (६० वर्षमा) पहिलोपल्ट विश्वकपमा छनौट हुन असफल भएको हो । सन् १९३० को पहिलो विश्वकप खेल्न अस्वीकार गरेको इटाली १९५८ बाहेकका सबै संस्करणमा छनौट हुँदै आएको थियो । सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो ।

समग्रमा इटालीलाई १–० ले हराउँदै स्वीडेन १२ औं पल्ट विश्वकपमा छानिएको हो । सन् १९५८ को उपविजेता स्वीडेनले पछिल्लो पल्ट सन् २००६ को विश्वकप खेलेको थियो ।  एजेन्सी

232 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु