पोस्टरका कारण संकटमा शाहरुख र करण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । केही हप्ताअघि मात्र बलिउड कलाकारहरू सिद्धार्थ मल्होत्रा, अक्षय खन्ना र अभिनेत्री सोनाक्षी सिंहाको अभिनय रहेको फिल्म ‘इत्तेफाक’ रिलिज भएको थियो र यस फिल्मले हालसम्म २१ करोडको व्यापार गरेको छ । करण जोहरको धर्मा प्रोडक्शन र शाहरुख खानको रेड चिलीज प्रोडक्शन मिलेर यो फिल्मको निर्माण गरेका हुन् । दर्शक र समीक्षकबाट राम्रै प्रतिक्रिया पाइरहेको यो फिल्मको एक पोस्टरका कारण करण र शाहरुख संकटमा परेका छन् ।

फिल्मको एक पोस्टरमा अक्षय खन्नाको ओठमा चुरोट च्यापिएको दृस्यका कारण दिल्ली स्वास्थ्य विभागले करण र शाहरुखको प्रोडक्शन हाउसलाई पत्र पठाएको छ । उक्त पोस्टरले धुम्रपानलाई बढावा दिएको स्वास्थ्य विभागको अारोप छ । यसबाट COTPA नियमको उल्लंघन भएको स्वास्थ्य विभागको ठहर छ ।

दिल्लीको स्वास्थ्य विभागका एक अधिकारीले फिल्मका निर्मातालाई मेलमार्फत सुचना पठाए पनि त्यसको कुनै पनि जवाफ नआएको बताइएको छ । यदि फिल्मका निर्माताले चार दिनभित्र धुमपनालाई बढावा दिने प्रकारको पोस्टर सामाजिक सञ्जाल तथा विभिन्न स्थानबाट नहटाए स्वास्थ्य विभागले कारवाही गर्ने बताएको छ । (एजेन्सीको सहयोगमा )

793 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु