कांग्रेसका नेताहरुले कम्युनिष्ट अधिनायकवाद आउने भन्दै कोकोहोलो मच्चाउनु हतास मनस्थितिको उपजमात्र : महासचिव पोखरेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले वाम गठबन्धनबाट अत्तालिएकाहरुले कम्युनिष्ट अधिनायकवादको कोकोहोलो मच्चाइरहेको अारोप लगाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका कांग्रेसका नेताहरुद्वारा कम्युनिष्ट अधिनायकवाद आउने भन्दै कोकोहोलो मच्चाउनु हतास मनस्थितिको उपजमात्र भएको र त्यसलाई गम्भीरतापूर्वक नलिन आग्रह समेत गरेका छन् ।

काठमाडौ क्षेत्र नं.५ मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार समेत रहेका महासचिव पोखरेलले गठबन्धनले दुई तिहाई बहुमत ल्याउने धारणा व्यक्त गरेका छन् । ‘आगामी चुनावमा वाम गठबन्धनले शानदार बहुमत ल्याउँछ,’ उनले भने, ‘बहुमत प्राप्त सरकारमार्फत नेपाललाई आर्थिक विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ ।’

आफ्नो जित सुनिश्चित भएको भन्दै त्यसका आधारमा आफूले निरन्तर रुपमा उक्त क्षेत्रमा गरेको योगदान र पार्टीले लिएको नीति तथा कार्यक्रम भएको बताए । क्षेत्र नं. ५ बाटै २०६४ र २०७० मा कांग्रेस नेता नरहरी आचार्यसँग पोखरेल लगातार पराजित हुँदै आएका थिए । यसपटक भने पोखरेलसँग कांग्रेस नेता प्रकाशशरण महत निर्वाचन प्रतिस्पर्धामा छन् ।

‘जनताले मलाई चिन्न कुनै समस्या छैन । हार्दा पनि यहाँका जनताको साथमा रहेको छु । विकास निर्माणका हरेक काममा साथ दिएको छु,’ पोखररेलले भने, ‘म कहिँ कतैबाट पोखिएर उम्मेदवार बनेको होइन । यस क्षेत्रमा सामाजिक सम्बन्ध स्थापित गरेको छु । यो पटक जित सुनिश्चत छ ।’

165 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु