इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, कम्तिमा सय जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । इरान र इराकको सीमा क्षेत्र कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ३ म्याग्नेच्युटको  शक्तिशाली भूकम्पमा परी कम्तिमा १०० जनाको मृत्यु भएको छ ।

भूकम्पमा परी ३ सयभन्दा बढी घाइते भएका छन् जसमध्ये केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

भूकम्पपछि त्यहाँको विद्युत् र सञ्चार सेवा अबरुद्ध हुनुका साथै दुवै देशका सीमावर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् र भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ । भूकम्पबाट त्रसीत मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किएको र उनीहरु सडकमै बसिरहेका छन् ।

176 total views, 6 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु