यस्ता छन् सुन्दर बन्न प्लास्टिक सर्जरीको सहायता लिएका बलिउड अभिनेत्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । हिजोअाज विश्व भरका कलाकारहरूमा प्लास्टिक सर्जरी गर्ने होडबाजी नै चलिरहेको छ । यसैगरी बलिउडका सफल अभिनेत्रीले पनि सुन्दर बन्ने चाहानामा प्लास्टिक सर्जरीको गरार्इसकेका छन् । कतिपय अभिनेत्रीहरू सर्जरीपछिको अनुहार चाहेअनुकुल बनेको छ भने कतिको अनुहार बिग्रेर चिन्न मुश्किल पर्ने पनि भएको छ ।

१) मीनिसा लाम्बा
मिनिसाले बलिउडमा सफलता हात पार्न असफल भएपछि आफ्नो करिअरलाई अघि बढाउन सर्जरीको सहायता लिएकी थिइन् ।

२) अनुष्का शर्मा
अनुष्काले आफ्नो ओठको सर्जरी गराएकी हुन् सर्जरी पश्चात सामाजिक सञ्जालमा उनको अनुहार बिग्रीएको भन्दै प्रतिक्रियाको अोइरो लागेको थियो ।

३) कंगना रनावत
कंगनाले आफ्ना गाला र स्तनको सर्जरी गराएको खबर बाहिर आएको छ ।

४) शिल्पा शेट्टी
शिल्पा शेट्टीको पहिलेको तस्बिर हेरेरै थाहा पाउन सकिन्छ कि पछिल्लो समय उनले आफ्नो अभिनय भन्दा सर्जरीलाई धेरै समय दिइरहेकी छन् । उनको नाकको पहिलो सर्जरी बिग्रिएपछि उनले पुन सर्जरी गराएर गल्ती सुधारेकी थिइन् ।

५) राखी सावन्त
सधैँ अनौठा कारणले चर्चामा आउन चाहाने बलिउडकी आइटम डान्सर राखी सावन्तले पनि पटकपटक सर्जरीको साहयता लिएकी छिन् । उनले ओठ, नाक देखि लिएर शरीरका अन्य भाग र स्तनको सर्जरी समेत गराइसकेकी छन् ।

६) प्रियंका चोपडा
विश्वभरमै अहिलेकी सबैभन्दा सफल अभिनेत्रीमध्येकी अभिनेत्री प्रियंका चोपडाले कुनै समय सर्जरीको सहायता लिएकी थिइन् । उनका तस्बिरहरुमा आएका आकष्मिक बदलावहरुले यो कुराको पुष्टी गर्छ ।

७) करिश्मा कपूर
बलिउड स्क्रिनबाट हरार्इसकेकी अभिनेत्री करिश्मा कपूरको तस्बिरमा प्रस्ट देख्न सकिन्छ कि करिश्माले पनि सुन्दर अनुहारका लागि प्लास्टिक सर्जरी गरेकी छिन् ।

८) कट्रिना कैफ
अभिनेत्री कट्रिना कैफको सुन्दरताले भने सबै फ्यानको मन जित्न सफल भइरहेको देखिन्छ । उनी पनि धेरै मिहिनेत र कठिन परिस्थितिपछि सर्जरीको सहायता लिन बाध्य बनेकी बताइएको छ ।

1,458 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु