भारतविरूद्द नेपालको एतिहासिक जीत, दीपेन्द्रसिंह ऐरी बने नायक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । आइतबार मलेसियाको बायुमास ओभलमा भएको एसीसी यू-१९ एसिया कपमा नेपालले भारतमाथि ऐतिहासिक जित हासिल गरेको छ । खेलमा नेपालले भारतलाई १९ रनले हराएको हो । नेपालको यो एतिहासिक जीतसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भारतलाई पहिलोपटक पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको नेपाले १८६ रन बनाएको थियो । नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा रहेको भारतीय युवा टोली ४८.१ ओभरमा १६६ रन बनाउँदै अलआउट भएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनायो । नेपालका लागि उत्कृष्ट पारी खेलेका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रनको योगदान दिए । उनले १०१ बल खेल्दै ६ चौका र २ छक्का लगाए ।

नेपालका लागि ओपनर जितेन्द्र सिंह ३६ रन बनाए । त्यस्तै अर्का ओपनर आसिफ शेख मात्र ३ रन बनाएर पेभेलियन फर्के । रोहितकुमार पौडेल ६ रनमा आउट भए भने अनिलकुमार साहले पनि ६ रन मात्रै बनाउन सके। भीम सार्कीले १५ रन जोड्दा पवन सर्राफ १ रनमै भारतीय बलरको शिकार भए ।

कमलसिंह ऐरीले १७ रन योगदान दिए भने सन्दीप लामिछानेले नटआउट ९ तथा किशोर महतोले नटआउट ७ रन बनाए । बलिङतर्फ भारतका लागि अभिषेक शर्मा र आदित्य ठाक्रेले २/२ विकेट लिए । शिव सिंह, अर्थव टइडे, मन्दिप सिंह र विवेकानन्दले समान १/१ विकेट लिए ।

1,065 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु