रियलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डका बारेमा बाहिरियो यस्तो रहस्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । रियल म्याड्रिडका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डका बारेमा एक भित्री रहस्यको खुलासा भएको छ । हालकी उनकी गर्लफ्रेन्ड जोर्जीना रोड्रीग्युज अहिले गर्भवती रहेका बेला रोनाल्डोले आफ्नी प्रेमीकाबाहेक अर्की पोर्चुगलकी मोडल नताचा रोड्रिग्युससँग पनि सम्बन्ध बनाएको खबर सार्वजनिक भएको हो । नताचासँग रोनाल्डो दुई वर्षसम्म गोप्य सम्बन्धमा रहेको सार्वजनिक भएको हो । यसअघि पनि रोनाल्डोले ब्राजिलकी एक मोडेलसँग सम्बन्ध राखेका थिए ।

वाट्स एपमा नताचाले आफ्नो शरीरका अङ्ग प्रदर्शन गर्दै तस्बिर पठाएपछि उक्त सम्बन्ध सुरू भएको बताइएको छ । नताचाका अनुसार जोर्जीनासँग सम्बन्धमा भएका बेलामा समेत रोनाल्डो उनीसँग लुकी लुकी भेट्ने गर्थे । २१ वर्षीया नताचालाई रोनाल्डोले उनको शरीर आफूलाई धेरै मन परेको बताएका थिए । तत्पश्चात उनीहरु बीचमा विशेष किसिमको सम्बन्ध रहेको र धेरैपटक भेटेर यौन सम्पर्क राखेको र आफू रोनाल्डोको घर गएको पनि नताचाले खुलासा गरेकी हुन् ।

रोनाल्डोको घर गएपछि फर्किनेबेलामा उनले नताचालाई ट्याक्सी चढेर घर जान भन्दै पैसा पनि दिने गरेको उनले बताएकी हुन् । यसका साथै रोनाल्डोले नताचालाई वाट्सएपमै पटकपटक तस्बिर पठाउन माग गर्ने गरेको उनले खुलाएकी हुन् । लामो समयसम्म भेटघाट भइरहेपनि रोनाल्डोले भने नताचालाई यी सबै कुरा गोप्य राख्न लगाएका थिए । उनीहरु गोप्य रुपमा कुरा गर्ने क्रममै एकदिन नताचाले आफू एउटा टिभी प्रोग्राममा जाने कुरा रोनाल्डोलाई बताएकी थिइन् । त्यसपछि रोनाल्डोले उनलाई नजान भनेपनि करिअरका लागि भन्दै नताचाले टिभी प्रोग्राममा जाने निर्णय गरेकी थिइन् । यो नै उनीहरु बीचको अन्तिम कुराकानी भएको नताचाले बताएकी हुन् । यसपछि रोनाल्डोसँग कुरा गर्न खोज्दा उनले आफूलाई सबैतिरबाट ब्लक गरिसकेको उनले बताइन् ।

अहिले मात्र उनले रोनाल्डो आफूसँग सम्बन्धमा हुँदा उनकी प्रेमीका जोर्जीनासँग पनि संलग्न भएको कुरा थाहा पाएकी हुन् । यो थाहा पाएपछि रोनाल्डोले आफूलाई ठूलो धोका दिएको र सेक्सका लागि मात्र प्रयोग आभास भएको उनले बताएकी हुन् । (एजेन्सीको सहयोगमा)

879 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु