४ सय जनाको सामुहिक चिहान भेटीयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । इराकस्थित किरकुक प्रान्तको हावाइजी नजिकको एअरवेसमा ४ सय जनाको सामुहिक चिहान भेटिएको छ । उक्त सामुहिक चिहान इराकी सेनाले फेला पारेको हो ।

अघिल्लो महिना मात्र उक्त क्षेत्रमा इराकी सेनाले अार्इएसलार्इ भगार्इ अाफ्नो नियन्त्रण कायम गर्न सफल भएको थियो । चिहानमा आईएसले हत्या गर्नुअघि लगाइदिने गरेका पोशाक लगाएका शव पनि फेला परेको थियो ।

हालसम्म् इराकी सेनाले पहिले आईएसको नियन्त्रणमा रहेका विभिन्न ७२ वटा सामुहिक चिहानबाट करिब १५ हजार शव फेला पारिसकेको छ ।

391 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु