नेइमारले रुँदै बाहिरिएपछि… (फोटो/भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । विश्वकप फुटबलको तयारी अन्तर्गत भएको जापानसँगको मैत्रिपूर्ण खेलपछि ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेइमार रुँदै बाहिरिको फोटो भाईरल भएको छ । पजापानसँगको मैत्रिपूर्ण खेलमा ३–१ को जितपछि भएको पत्रकार सम्मेलनबाट नेइमार रुँदै बाहिरिएका थिए ।

खेलपछि भएको पत्रकार सम्मेलनमा नेइमार पिएसजीमा खुशी नरहेको भन्ने खबर बारे ब्राजिलका प्रशिक्षक टिटेले नेइमारको बचाउ गरेका थिए । यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका नेइमार त्यहाँ खुशी नरहेको भन्ने खबर पछिल्लो समय आएको छ ।

फ्रान्सको एक पत्रिकाले पिएसजीका प्रशिक्षक युनाइ एम्रीसँग सम्बन्ध राम्रो नरहेको खबर छापेको थियो । जापनसँगको खेलमा नेइमारले पेनाल्टी मार्फत एक गोल गरेका थिए भने एउटा पेनाल्टीमा चुकेका थिए ।

197 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु