नेपाल र भारत भिड्दै, भारत टस जितेर नेपाल विरुद्ध फिल्डिङ गर्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । मलेसियामा जारी एसीसी अन्डर १९ एसिया कप अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपाल र भारत भिड्दैछन्। टस हारेर नेपालले पहिले ब्याटिङ थालेको छ। आजको खेलमा नेपालले एउटा परिवर्तन गरेको छ ।

विकेट किपर ब्याट्सम्यान प्रकाश केसीको स्थानमा अलराउन्डर पवन सर्राफलाई टोलीमा समावेश गरिएको छ । अब किपिङ्गको जिम्मा आशिफ शेखले लिनेछन् । यसअघि शनिबार समूहको पहिलो खेलमा नेपाल बंगालदेशसँग पारजित भएको थियो भने भारतले मलेसियालाई हराएको थियो।

अंक तालिकाको शीर्ष स्थानमा रहेको भारतले यस खेलमा जित हात पारे दोस्रो चरणको यात्रा लगभग पक्का गर्ने छ । डिफेन्डीङ च्याम्पियनसमेत रहेको भारतले अहिलेसम्मका तीन संस्करणमध्ये पछिल्ला दुईमा उपाधि जितेको छ।

273 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु