विश्व रेकर्ड राख्न यस्तो सम्म गर्छन् मानिसहरू

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । विश्व रेकर्डमा नाम लेखाउने चाहाना कसको चाँहि हुँदैन होला र  ? निश्चय पनि गीनीज बुक अफ वर्ड रेकर्डमा अाफ्नो नाम समावेश गर्ने व्यक्तिहरू अरूभन्दा केहि फरक नै रहन्छन् । कतिले जन्मसिद्द नै त्यो गुण लिएर अाएका हुन्छन् त कतिले निरन्तरको प्रयासपछि मात्र संसारलार्इ चकित तुल्याउने कामहरू गर्न सक्छन् । उनीहरुका अचम्मका रेकर्डका बारेमा सुन्दा जोकोही पनि आश्चर्य पर्छन् । अाफ्नो नामलार्इ गीनिज बुकमा लेखाउन मानिसहरू यस्तो सम्म गर्न पछि परेका छैननै :

१) एक युक्रेनकी महिलाले २०१५ मा आफ्ना दुवै तिग्राका बीचमा राखेर १४ सेकेन्डमा तीनवटा खरबुजा फुटाएकी थिइन् ।

२) सन् २००० मा अमेरिकाका डिन सेल्डनले ७ इन्च लामो बिच्छु मुखमा १८ सेकेन्डसम्म राखेर रेकर्ड राखेका थिए ।

३) सन् २०१३ मा ब्रिटेनका ९३ वर्षीय एक वृद्धले स्कटल्यान्ड देखि आयरल्यान्डसम्म प्लेनको पङ्खामा उभिएर यात्रा गरेका थिए ।

४) फ्रान्सका माइकल नामक व्यक्तिले १८ वटा साइकल, १५ वटा ट्रली, ७ वटा टिभी, ६ सिलिन्डर , २ वटा खाट र एउटा कम्प्युटर खाएर गिनिज बुकमा अाफ्नो नाम समावेश गरेका थिए ।

५) चार्ली बेल नामका एक व्यक्तिले एक घन्टासम्म २ स्क्वायर फिटको जिउँदो किरालाई मुखले उठाएर एउटा डब्बाबाट अर्को डब्बामा राखेर विश्व रेकर्ड कायम गर्न सफल भएका थिए ।

६) जर्मनीका जोएल मिग्लरले आफ्नो अनुहारमा मात्रै ११ वटा प्वाल पारेका छन् । उनको अनुहारमा रहेका प्वालमा सबैभन्दा ठूलो ३४ मिलीमीटरको रहेको छ । उनले २०१४ मा विश्व रेकर्ड राखेका थिए ।

७) मेडेलिन नामक एक ल्याबकी कर्मचारीले आफ्नो १५ वर्षको करिअरमा ५६०० दुर्गन्धित खुट्टा र काखी सुँघेर रेकर्ड बनाएकी थिइन् ।

८) सन् २००७ मा फिन केहलर नामको ११ वर्षीया बालकले आफ्नो अनुहारमा १० सेकेन्ड सम्म ४३ वटा चिप्ले किरा राखेर विश्व रेकर्ड राखेका थिए ।

(एजेन्सीको सहयोगमा)

413 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु