किन विश्वभर कै मानिसले सुरक्षित गन्तब्यको रुपमा लिन्छन् अष्ट्रेलियालाई ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सामाजिक सुरक्षा र अन्य सुरक्षाका दृष्टिले पनि अष्ट्रेलियालाई विश्वभर कै मानिसले सुरक्षित गन्तब्यको रुपमा लिने गरेका छन् । नेपालीहरू त्यसै पनि सुरुक्षित नै छन् किनकि नेपाली परिचय इमान्दार, मेहनती र अनुशाशित कारण । यदा कदा बाहेक नेपालीहरू भौतिक आक्रमणको शिकार बनेको अप्रिय घटनाहरू निक्कै कम सुनिन्छन् । त्यसैले सुरक्षाको बिषयलाई लिएर नब आगन्तुक अथवा यहीं रहेका नेपालीहरू खासै चिन्तित हुनु पर्ने देखिदैन ।

त्यसैको कारणपनि चारैतिर समुन्द्रले घेरिएको अष्ट्रेलिया महादेश र यस भित्रको बिशाल देश अष्ट्रेलिया यति बेला बिश्वभरका अन्य देशका युवाहरू जस्तै नेपाली युवा पुस्ताको लागि पनि उच्च शिक्षा अध्ययन र उन्नत भविष्य निर्माणका लागि उच्च छनोटमा पर्ने गरेको छ ।

पछिल्लो समय नेपालबाट अष्ट्रेलिया पुगेर त्यही सेटल भई बस्ने रहर धेरैलाई पलाएको छ । विशेष गरी नेपाली विद्यार्थीहरु अष्ट्रेलिया पढ्नका लागि विद्यार्थी भिषामा जाने गरेका छन् । विद्यार्थी भिषामा जाने नेपाली त्यहाँपुगेपछि अध्ययनसँगै केही बर्ष पार्ट टाईम काम र निश्चित समयको अध्ययनपछि स्थाई बसाई (पिआर) आवेदन दिन मिल्ने भएकाले धेरै नेपाली अष्ट्रेलिया प्रति आकर्षित छन् । बिकसित मुलुकमा अवसर त हुन्छन नै त्यो भन्दा महत्वपुर्ण अष्ट्रेलियाको मनग्ये कमाई नै हो ।

नेपालबाट अष्ट्रेलिया जाने नेपालीहरुले आफैंले प्राप्त गरेको शैक्षिक योग्यता अनुसारको काम पाउनेहरु न्युन छन् । तर आर्थिक हिसाबले भने क्लिनिङ्ग, किचेन, बुढाबुढीको स्याहार केन्द्रमा काम गर्दा हुने आम्दानी लोभलाग्दो छ । यसमा पनि नर्सिङ पेसा धेरै नेपालीको रोजाइको विषय बनेको छ ।

अष्ट्रेलिया पसेपछि भाँडा माझ्ने, घर तथा अफिसको सरसफाई गर्ने र बृद्धबृद्धाको स्याहार गर्ने काम सामान्य हुन । अष्ट्रेलियाको शुरुवाती दिनमा सबैजसो नेपालीले यस्ता काम गनैंपर्छ । यि मध्ये धेरैको पहिलो रोजाई बृद्धबृद्धाहरुको स्याहार केन्द्रमा हुने गरेको छ ।

जसलाई अष्ट्रेलियाको भाषामा नर्सिङ भन्ने गरिन्छ । त्यसबाहेक किचेन हेल्पर, कुक र म्यानेजरका रुपमा होटल तथा रेष्टुरेण्ट पनि नेपालीले काम गर्ने महत्वपूर्ण क्षेत्र हो । यसबाहेक एकाउन्ट, बैक व्यवस्थापन का साथै अन्य प्राबिधिक क्षेत्रका दक्ष व्यक्तिहरुले सम्बन्धित क्षेत्रमा समेत काम गर्ने अवसर पाउछन । तर यस्ता क्षेत्रमा तुलानात्मक रुपमा काम गर्ने नेपाली भने धेरै र्छैनन । तर किचेन र वार वा खाद्य फयाक्ट्रीहरुमा काम गर्ने कुक, वारिस्ता को रुपमा धैरै नेपालीले काम गर्छन ।

विद्यार्थीको आकर्षण देश अष्ट्रेलिया
क्षेत्रफलको हिसाबले अष्ट्रेलिया नेपाल भन्दा लगभग ५२ गुणाले ठूलो छ, तै पनि यहाँका धेरै राज्यका हावापानी नेपाल सँग मिल्दो जुल्दो देखिन्छ । अनुकुल मिल्यो भने कमाएरै कलेज र युनिभर्सिटीमा मास्टर तहसम्मको शिक्षा लिन सकिने यस देश आहिले नेपाली विद्यार्थीका लागि निक्कै आकर्षण गन्तब्यको रुपमा बिकशित हुदै आएको छ ।

अष्ट्रेलिया जानु अघि जान्नैपर्ने कुरा

महंगो देश – अष्ट्रेलियामा एकतर्फी हवाई यात्रा खासै खर्चिलो छैन, तर दोहोरो यात्राका लागि महंगो हुन्छ । यदि तपाई आफ्नो ‘क्याम्पिङ’(पाल) छैन भने होस्टलमा रहन सक्नुहुन्छ, यो तुलनात्मक रुपमा सस्तो हुन्छ । त्यसमा पनि तपाई व्यक्तिगत चाहानुहुन्छ भने एकल कोठा लिन सक्नुहुन्छ, यो पनि होटेलको तुलनामा सस्तो हुनछ । रेष्टुरेन्ट धेरै छन् तर, लोकल खाना खान्छु भनेर नसोच्नुहोस्। अष्ट्रेलियामा सार्वजनिक स्थलमा खाना बनाएर खाने ठाउँ बनाइएको हुन्छ, त्यसमा आफ्नो लागि आफैँले खाना बनाएर खानुपर्ने हुन्छ ।

अष्ट्रेलिया विशाल र अत्यन्तै विविधताको मुलुक – अष्ट्रेलिया विश्वको छैटौँ ठूलो देश हो, जसले ७६९२०२४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यद्यपी, जनघनत्वको आधारमा सबैभन्दा कम जनसंख्या भएको देश हो । धेरै जसो अष्ट्रेलियन नागरिक समुन्द्र किनारमा बस्छन् ।

स्थानिय भाषासँग परिचित हुनुहोस् – अमेरिकी र अष्ट्रेलियन अंग्रेजी भाषामा केही भिन्नता छ । अंग्रेजी भाषा नै प्रचलनमा रहेपनि अष्ट्रेलियामा फरक अर्थ लाग्छ । जस्तै, यदि तपाईलाई ‘टि’(चिया) पिउन निमन्त्रणा गरिएको छ भने यसलाई खाना खान बोलाइएको बुझ्नुपर्छ । हामीले बुझ्ने अंग्रेजी भाषा त्यहाँको स्थानीय अर्थमा बेग्लै अर्थ दिन्छ, त्यसैले तपाई अर्थ वा संकेतबारे सतर्क रहन आवश्यक छ ।

आफ्नो उदारतालाई नदेखाउनुहोस् – अष्ट्रेलियामा ‘टिप्स’, बक्सिस वा उदारतालाई सामान्य मानिदैन । रेष्टुरेन्ट, बार तथा ट्याक्सीमा बक्सिस अर्थात् टिप्स दिने चलन छैन । किनकि, अष्ट्रेलियमा सबै कामदारलाई पुग्दो तलब दिइएको हुन्छ ।

 चकित पार्ने मौसम – उत्तर अमेरिका वा युरोप जस्तो न्यानो हुँदैन अष्ट्रेलियाको बर्षात् । यहाँको घाम निकै कडा लाग्ने र चाँडै बर्षात् हुने हुन्छ । तर, बर्षभरी तातो हुन्छ भन्ने नसम्झनुहोस्, देशको उत्तरी भागमा न्यायो हुने गर्छ, जहाँको तापक्रम ५ डिग्री सेल्सियसम्म झर्न सक्छ र हिउँ पनि पर्ने हुन्छ । समुन्द्र नजिक हुनाले यहाँको मौसम निकै छिटो छिटो परिवर्तन हुने गर्छ।

 

 

310 total views, 6 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु