भुकम्प पीडितलार्इ अब सामुुहिक जमानीमा तीन लाख रुपैयाँ ऋण दिइने ( सम्पुर्ण पत्र–सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अब भुुकम्प पीडितहरुले सामुुहिक जमानीमा तीन लाख रुपैयाँ निव्र्याजी ऋण पाउने भएका छन् यसका लागी नेपाल राष्ट्र बैैंकले ऋण दिन बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुबित्त संस्थालाई निर्देशन दिएको छ ।

मन्त्रीपरिषदको २०७४ बैशाख २९ गतेको निर्णय अनुसार भुकम्प पीडितहरुको घर निर्माणको लागि सामुुहिक लगानीमा निव्र्याजी ऋण उपलब्ध गराउने कार्यबिधी २०७४ स्वीकृत भईसकेकोले राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ बमोजिम सामुुहिक जमानीमा निव्र्याजी ऋण दिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

भुकम्प पीडितलाई निव्र्याजी रुपमा ऋण दिने कर्जाको अधिकतम सिमा तीन लाख रुपैयाँ हुुने छ । निव्र्याजीरुपमा प्रदान गरिने कर्जाको भुक्तानी समय बढीमा तीन देखि पाँच बर्षको हुुने छ । यस्तो कर्जा ऋणी तथा निजको परिवारमा बस्न योग्य आवासीय भर नभएको एवं नेपाल सरकारले जारी गरेको भुकम्प पीडित परिचय पत्र भएको अवस्थामा मात्र उपलब्ध गराईने कार्यबिधीमा उल्लेख छ ।

 

 

225 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु