नेपाली काँग्रेसलाई सहयोग गर्न राप्रपाले मुलुकका १४५ स्थानको उम्मेदवारी फिर्ता लिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्ने भएको छ । यसै उद्देश्यका साथ राप्रपाले मुलुकका १४५ स्थानबाट अाफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले काठमाडौँ, सल्यान र भक्तपुरको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।

सोहि बैठकले आगामी मंसिरको पहिलो सातादेखि दोस्रो सातासम्म विराटनगर, वीरगञ्ज, धनगढी र पोखरामा चुनाव केन्द्रित आमसभा गर्ने निर्णय पनि गरेको छ ।

152 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु