४१ को उमेरमा पनि अभिनेत्री सुष्मिताले यसरी देखाइन् आफ्नो ‘बडी’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । बलिउडकी अभिनेत्री सुष्मिता सेनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो सुन्दर र फिट शरीरको फोटो शेयर गरेकी छन् । ४१ वर्षीया भइसकेको भएपनि आफ्नो शरीरलाई सधैँ स्वस्थ र फिट राख्न खोज्ने सुष्मिताको यस फोटोको धेरै मानिसहरुले प्रशंसा गरेका छन् ।

फोटोमा उनले आफूले लगाएको टिसर्ट मुखले टोकेर स्लीम पेट र एब्स देखाएकी छन् । आफ्नो जन्मदिन नजिकिँदै जाँदा जन्मदिन अघि नै आफ्नो शरीरलाई स्वस्थ र फिट बनाएरै छाड्ने उनले प्रतिज्ञा लिएको सो फोटोको क्याप्सनमा लेखेकी छन् ।

उनी पहिले देखि नै शरीरलाई फिट राख्न धेरै मिहिनेत गर्ने गर्थिन् । विशेषगरी डान्स र योगा गरेर उनले शरीरलाई फिट राख्ने गरेको बताउँछिन् । ४२ वर्ष पुग्न लाग्दा पनि जवान देखिनु पछाडिको कारण उनको स्वस्थ शरीर र स्वस्थ खानपिन रहेको उनले बताएकी हुन् । एजेन्सी

234 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु