सफल करियरको खोजिमा हुनुहुन्छ ? अष्ट्रेलिया करियर सूरु गर्न उपयुक्त देशको सूचीमा(सूचीसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । विश्वभरका सफल ग्रयाजुएटहरु अहिले यस्ता देशहरुको खोजीमा छन् जहाँ उनीहरुको करिअर सूरु गर्न सजिलो होस् । करियरको कुरा गर्दा धेरैको नजरमा अमेरिका मात्र पर्ने गरेको छ । तर, यो नजरमा अब भने परिवर्तन हुँदैछ । एसियाका राष्ट्रहरु पनि शक्तिशाली भइसकेको अवस्था एक तथ्यांकले देखाएको छ ।

बिउभी र पेनिनसिल्भिया विश्वविद्यालयको संयुक्त अध्ययनले ग्रयाजुएट गरेका विद्यार्थीहरुका लागि आफ्नो करियर सूरु गर्नका लागि अति उत्तम रहेका केही देशहरुको सूची निकालेको छ । ती देशहरुमा भएका रोजगारी बजार, आर्थिक सन्तुलन, काम निर्देशकहरुको विश्लेषण, आय, समानता, इनोभेसन, प्रगति रिर्पोट जस्ताहरुलाई आधार मानेर यी राष्ट्रहरुको सुची तयार पारिएको हो ।

यसमा चीन पहिलो स्थानमा रहेको छ । त्यसपछि जर्मनी र अमेरिका रहेका छन् । वेभफोरमले सार्वजनिक गरेको यो सुचमा अष्ट्रेयिा पनि परेको छ । करियर शुरु गर्न अति उत्तम देशहरुको सूचीमा अष्ट्रेलिया १४ औं नम्बरमा परेको छ ।

१५. फ्रान्स
राजधानीः पेरिस
जिडिपीः २.८ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ६६.२ मिलियन

१४. अष्ट्रेलिया
राजधानीः क्यानबेरा
जिडिपीः १.६ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः २३.५ मिलियन

१३. सिंगापुर
राजधानीः सिंगापुर
जिडिपीः २९८ बिलियन अमेरिकी डलर
जनसंख्याः ५.५ मिलियन

१२. डेनमार्क
राजधानीः कोपनहेगन
जिडिपीः ३३६ बिलियन अमेरिकी डलर
जनसंख्याः ५.६ मिलियन

११. नेदरल्याण्ड
राजधानीः एमस्टरड्याम
जिडिपीः ८५४ बिलियन अमेरिकी डलर
जनसंख्याः १६.९ मिलियन

१०. साउदी अरेयिबा
राजधानीः रियाद
जिडिपीः ७४८ बिलियन अमेरिकी डलर
जनसंख्याः ३०.९ मिलियन

९. रसिया
राजधानीः मस्को
जिडिपीः २.१ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः १४३.२ मिलियन

८. स्विडेन
राजधानीः स्टोकहोल्म
जिडिपीः ५८० बिलियन अमेरिकी डलर
जनसंख्याः ९.७ मिलियन

७. दक्षिण कोरिया
राजधानीः सियोल
जिडिपीः १.३ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ५०.४ मिलियन

६. जापान
राजधानीः टोक्यो
जिडिपीः ४.९ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः १२७.१ मिलियन

५. क्यानडा
राजधानीः ओटाआ
जिडिपीः २.७ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ६४.५ मिलियन

४. बेलायत
राजधानीः लण्डन
जिडिपीः २.७ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ६४.५ मिलियन

३. अमेरिका
राजधानीः वासिङटन डिसी
जिडिपीः १६.८ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ३१८.९ मिलियन

२. जर्मनी
राजधानीः बर्लिन
जिडिपीः ३.७ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः ८०.९ मिलियन

१. चीन
राजधानीः बेइजिङ
जिडिपीः ९.२ ट्रिलियन अमेरिकी डलर
जनसंख्याः १.४ बिलियन

207 total views, 6 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु