यसकारण गरियो फिल्म ‘पद्मावती’को बीमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । भारतमा फिल्म ‘पद्मावती’को खुलेर विरोध भइरहेको छ । राजपूत करणी सेना फिल्मको विरोध गरिरहेको छ । फिल्मको विरोधमा चित्तौडगढमा मानिसहरु सडकमा उत्रिएका छन् । यसलाई देखेका निर्देशक संजय लीला भंसालीले फिल्मको बीमा गराएका छन् । यो बीमा कूल १६० करोड भारुको हो । फिल्मले ऐतिहासिक तथ्यहरुलाई तोडमोड गरेको भन्दै मानिसहरुले विरोध गरेका हुन् ।

बीमा कम्पनीका अनुसार फिल्म रिलिज भएपछि यदि टिकट बेच्ने क्रममा कुनैपनि प्रकारको विरोध, झगडा, हड्ताल तथा तोडफोड भएमा त्यसको नोक्सानको भरपाई कम्पनीले दिनेछ ।

उता जयपुरमा सिनेमा हल सञ्चालकलाई विरोधका बीच धम्की पनि आइरहेको बताइएको छ । फिल्म वितरक राज भंसलका अनुसार फिल्मको अहिलेसम्म कुनैपनि वितरक नियुक्त गरिएको छैन । यसको सिधा असर फिल्मको कमाईमा पर्ने फिल्म पण्डितहरुले बताएका छन् । एजेन्सी

95 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु