यस्तो छ १७ वटा बैंकको बित्तीय अवस्था कसले कति नाफा कमाए ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । सञ्चालनमा रहेका कुल २८ वटा बाँणिज्य बैकहरु मध्ये आईतबारसम्म १७ वटा बैंकले पहिलो त्रैमासिक बित्तीय अवस्था सार्वजनिक गरेका छन । यसरी बित्तीय अवस्था सार्वजनिक गर्नेहरु मध्येमा १० वटा बैक बैकहरुको नाफा बढेको भएपनि सात वटाको नाफा भने घटेको देखिएको छ।

सम्वन्धीत बैकहरुले प्रकाशन गरेको अपरिष्कृत बित्तीय बिवरण अनुसार एभरेष्ट, नबिल, नेपाल इन्भेष्टमेन्ट, राष्ट्रिय बााणिज्य बैक, सानिमा सहितका १० वटाले गत आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिको तुुलनामा चालुु आवको पहिलो त्रैमासमा नाफा बढेकाछन । तर सिटिजन्स ईन्टरनेशनल, हिमालयन, मेगा, बैैक अफ काठमाडौ, ग्लोवल आईएमई र सिद्धार्थको बैैकको नाफा भने घटेको छ ।

यस बिचमा सबै भन्दा बढी मुुनाफा नेपाल इन्भेष्टमेन्ट बैकले कमाएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा ७४ करोड आठ लाख रुपैयाँ खुद मुनाफा कमाएको नेपाल इन्भेष्टमेन्ट बैकले चालु आवको पहिलो त्रैमासिक ९१ करोड १३ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

यसैगरी नबिल बैंकले पनि गत आवको असोज मसान्तमा ७९ करोड ८३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको असोज मसान्तसम्ममा ८४ करोड २० लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ ।

हालसम्म बित्तीय बिवरण सार्वजनिक गर्नेहरु मध्येमा बढी नाफा आर्जन गर्नेमा तेस्रो स्थानमा परेको राष्ट्रिय बाँणिज्य बैकले यही असोज मसान्तसम्म ७० करोड ८७ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा राष्ट्रिय बाँणिज्य बैकको यस्तो नाफा ५० करोड ८० लाख ३२ हजार रुपैयाँ रहेको छ ।

चालु आवको पहिलो त्रैमासमा सिटिजन्स ईन्टरनेशनल बैंकको खुद मुनाफा भने गत आवको पहिलो त्रैमासको तुलनामा तीन करोड रुपैयाँले घटेको छ । गत आवको असोजमा ३४ करोड ५१ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको सिटिजन्सले यही असोज मसान्तसम्म ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ ।

यसबाहेक हिमालयन, मेगा, बैंक अफ काठकाडौको नाफा पनि गत आवको असोज मसान्तको तुलनामा चालु आवको असोज मसान्तमा दुई देखि छ करोड रुपैयाँसम्मले घटेको छ ।

कुन बैंकको नाफा घट्यो, कुन बैकको बढ्यो हेर्नुहोस तालिका (रकम रु हजारमा)

क्रस बैकको नाम २०७४ असोज २०७३ असोज

१ नेपाल इन्भेष्टमेन्ट बैंक ९११३९६ ७४००८०

२ नबिल बैंक ८४२०५१ ७९८३६५

३ राष्ट्रिय बाँणिज्य बैंक ७०८७३६ ५०८०३२

४ एभरेष्ट बैंक ५३१४७४ ५१३४२१

५ एनएमबी बैंक ४५१३५३ ३५३६८५

६ नेपाल एसबिआई बैंक ४३९१३४ ३५४१७८

७ हिमालयन बैंक ४१०११२ ४३८४६१

८ ग्लोवल आईएमई बैंक ३५००३६ ४२०९३६

९ सानिमा बैंक ३४४३९१ २७१६२२

१० प्राईम कर्मसियल बैंक ३४१७५० २५१०५८

११ सिटिजन्स बैंक ३१९८४७ ३४५१५७

१२ एनआईसी एशिया बैंक २७७९२३ २६१०४६

१३ सिद्धार्थ बैंक २२७३३९ ३५९६७६

१४ बैंक अफ काठमाडौ २२४०४६ २७०९४६

१५ सनराईज बैंक २०७९७७ २५३११६

१६ मेगा बैंक ८११९२ १४६९४७

१७ जनता बैंक ६४८१७ ६३९७६

(श्रोत सम्वन्धीत बैंकको असोज मसान्तसम्मको बित्तीय बिवरण)

80 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु