परेवाका कारण अस्ट्रेलियामा लाखौं डलरबराबरको ब्रोडब्यान्ड नेटवर्क ध्वस्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । परेवाहरूका कारण अस्ट्रेलियामा लाखौं डलरबराबरको ब्रोडब्यान्ड नेटवर्क संकटमा परेको छ । परेवाहरूले ब्रोडब्यान्डका तारहरूलाई चपाएरै ध्वस्त पारिदिए नेसनल ब्रोडब्यान्ड नेटवर्क कम्पनीमा संकट आईलागेको हो । त्यसलाई मर्मत गर्नका लागि हजारौं डलर खर्च भइसकेको छ । अस्ट्रेलियामा ब्रोडब्यान्ड कनेक्सन त्यसै पनि स्लो भएको गुनासो आउने गर्छ ।

इन्टरनेट स्पीडमा अस्ट्रेलिया संसारको ५०औं स्थानमा पर्छ । त्यहाँ अहिले इन्टरनेट स्पीड ११.१ मेगाबाइट प्रतिसेकेन्ड छ । विकसित देशको तुलनामा यो निकै कम हो । अस्ट्रेलिया सरकारले यसलाई सुधार्ने प्रयास गरिरहेको छ र यसमा लागि नेसनल टेलिकम्युनिकेसन इन्फ्रास्ट्रक्चर प्रोजेक्ट पनि शुरु गरेको छ । यो सन् २०२१ मा पूरा हुनेछ । परेवाहरूको प्रजाति ककातूले इन्टरनेटका तार ठाउँठाउँबाट चबाएका थिए । तारमा उनीहरूले स्वाद पाएकाले वा तारको रंगले उनीहरूलाई आकर्षित गरेकाले चबाएको हुनसक्ने जनावर व्यवहार विशेषज्ञ गिसेला क्याप्लान बताउँछिन् । गिसेला थप्छिन्, ‘यी परेवाहरू आफ्नो चुच्चो तीखो बनाउनका लागि पनि केही कुरामा रगडिरहेका हुन्छन् । दुर्भाग्यवश उनीहरूले यसका लागि तार छाने ।’

कम्पनीका अनुसार, अब तारमा एक रक्षात्मक पत्र लगाइनेछ । एउटा तारमा पत्र लगाउन १४ अस्ट्रेलियन डलर लाग्छ । तीन अर्ब डलरको नेटवर्क बचाउनका लागि यति खर्च त गर्नैपर्ने कम्पनीको भनाइ छ ।  एजेन्सी

577 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु