अष्ट्रेलियाका रेलमा नेपालको झन्डा भएको पोष्टर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेलबर्न । अष्ट्रेलियाका रेलमा नेपालका प्रतिभा चिनाउने पोष्टर राखिएका छन् । आगामी ३ डिसेम्बरका दिन मेल्बर्नको ब्याटमेन रोयल कोबर्गमा हुन लागेको ‘माइ नेपाल फेस्ट’को प्रचार रेलमा गरिएको हो । उक्त पोष्टर सिड्नी र मेल्बर्नमा चल्ने आठवटा रेलमा नेपाल आइडलका उत्कृष्ट पाँच र नेपालको झन्डा भएको पोष्टर टाँसिएका छन् । कार्यक्रमको रेलमा प्रचार गर्ने प्रचलन भएपनि महंगो पर्ने भएकाले नेपालीले आयोजना गर्ने कार्यक्रमको भने यसअघि यसरी प्रचार भएको थिएन।

आयोजक स्मार्ट एक्सिस एन्ड इन्टरटेनमेन्टका निर्देशक विभुषण जोशी नेपाल बारे सबैलाई चिनाउन पनि यसपल्ट कार्यक्रमको प्रचार सामग्ररी रेलमा राखिएको बताउँछन् । उनले भने, ‘कार्यक्रम बारे जानकारी धेरै ठाउँ पुगोस् भन्ने त छँदैछ । यही अवसरमा नेपाल बारे यो देशका बासिन्दाले थाहा पाउन् भनेर हामीले रेलमा प्रचार गरेका हौं ।’ यसअघि नेपाली ग्रोसरी पसलहरु, नेपाली क्याफे, रेस्टुरेन्ट र कन्सल्ट्यान्सीमा मात्रै कार्यक्रमको प्रचार सामग्री देखिन्थ्यो। कार्यक्रममा नेपाल आइडल विजेता बुद्ध लामा सहित अन्तिम प्रतिष्पर्धीहरु निशान भट्टराई, प्रताप दासका साथै प्रमिला राईले प्रस्तुति दिने भएकी छिन् । नेपाल आइडलको प्रस्तुतिसँगै नेपाली खानाको मेला पनि लाग्ने उनले बताए ।

1,874 total views, 10 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु