अष्ट्रेलियामा ब्रेन ह्याम्रेज भई मृत्यु भएका अन्जनको नेपालमा अन्तिम संस्कार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

सिडनी । अष्ट्रेलियामा भर्खरै दिवंगत भएका एक जना नेपाली विद्यार्थीलाई नेपाललगी अन्तिम दाहसंस्कार भएको छ । २६ बर्षिय नेपाली विद्यार्थी  अन्जन भट्टराईको मस्तिस्क खराबीका कारण अष्ट्रेलियाको ओभनमा निधन भएको थियो ।

मस्तिस्क खराबीका कारण भट्टराईको मृत्यु भएको चिकित्सक जानकारी दिएका थिए । मृतकको अष्ट्रेलियमा कोही पनि आफन्त नभएको र  साथीभाई हरुले मृतकको परिवारको अनुरोधलाई मनन गर्दै  अष्ट्रेलियमा रहेका नेपालीहरुबाट तथा विभिन्न संघ संस्था विभिन्न सामाजिक संजालहरुबाट थाहापाउने नेपालीबाट चन्दा उठाई मृतक भट्टराईको शव नेपाल पठाई सदगद भएको छ।

अष्ट्रेलियाबाट नेपालमा शव पठाउन निकै महंगो पर्ने भएकोले विभिन्न छुट तथा सहुलियत र नेपालीहरुबाट उठाइएको रकम बाट उनको शव नेपाल पठाइएको हो । यसै सन्दर्भमा काठमाण्डौं बाट मृतकका पिताले डम्बर भट्टराईले परिवारका सदस्यमा ठुलो बज्रपात परेको तर यस्तो बज्रपातको बखतमा पनि नेपाली समुदाय र अष्ट्रेलियामा रहेका नेपालीहरुबाट आफ्नो छोराको शव नेपाल ल्याईदिएकोमा सबै प्रति आभार प्रकट गरे । आफुलाई बज्रपात र ठुलो चोट परेको बेलामा यसरी सबैबाट माया र प्रेरणा पाउँदा थोरै भएपनि राहत मिलेको उनको भनाई छ । अष्ट्रेलियामा विशेष गरि नेपाली बिद्यार्थीको पहलमा दिएको योगदान बाट झण्डै २५ हजार डलर  भन्दा माथी चन्दा उठेको थियो । नेपालमा शव पठाउन लागेको खर्च कटाई बाँकी २० लाख रुपैंया मृतकका परिवारलाई पठाइएको राजेश पुडासैनिले असनेपालन्युजलाई जानकारी दिए ।

अष्ट्रेलियामा नेपालीहरुको बाहुल्यता बढे  यहाँ संगै विभिन्न समयमा हुने दुर्घटना,आत्महत्याको कारण नेपाली हरुमाझ नमिठो समाचार बन्ने गरेको छ । तर यस बखतमा  नेपालीहरुकै सहयोगमा मृतकको शव दहन गरिने,नेपाल स्थान्तरण गरिने तथा विभिन्न कार्यक्रम हुने गरेका छन् । नेपालीहरु बिच रहेको एकता र भाईचाराको  उदाहरण पनि यो हो ।

283 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु