सिड्नीको एप्पल स्टोरमा अाइफोन १० किन्नेको लर्को, ३ दिन देखि लाइनमा ( फोटो सहित )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । अाइफोन एक्स अर्थात अाइ फोनको दसाैँ संस्करण बजारमा अाएपछि यसलार्इ खरीद गर्न सिड्नीमा एप्पल स्टोर अगाडी मेला जस्तै लागेको छ । एप्पलले अाफ्ना विभिन्न संस्करणका फोनहरूलार्इ बाहिर ल्याएको यो दशाैँ संस्करण हो । त्यसैले सधैँझै यस पटक पनि अाइफोन खरिद गर्नेहरूको भिडले किर्तिमान राखेको एप्पल बिक्रेता कम्पनीका प्रबन्धक डेभिडले बताएका छन् । ३ दिन अगाडी देखि नै सिड्नीको एप्पल स्टोर अगाडी लामबद्द भएर मानिसहरू बसेका थिए । कतिले पाल टाँगेर समेत लाइन बसेका थिए भने कतिले त्यहीँ खानपीन गरेर र घरबाट खाना खाजा अोसारेर पनि ३ दिन देखि लगातार लाइन बसेका थिए । एप्पलको यो नयाँ संस्करणको अाइफोन एक्स प्राप्त गर्नका लागी सामान्य १४ बर्षका उमेर समुह देखि लिएर ५०/५५ उमेर समुका मानिसहरू पनि यसरी लाइनमा बसेकाे सो लाइनमै बसीरहेका पीटर जोन असनेपाल न्युजलार्इ बताउँछन् । उनले अाफु ३ दिन देखि लाइनमा बसीरहेको बताए । यसो त माैकाको फाइदा उठाउँदै उनले अाफुसँग २ वटा कुर्सी लाइनमा राखेका थिए । उनले एउटा कुर्सी विक्रीका लागी राखेका थिए ।

ठुलो भिडभाड भएका कारण भीड व्यवस्थापन गर्न सुरक्षाकर्मी नै खटिनु परेको थियो । एप्पल अाइफोन एक्समा रहेको नयाँ फिचरहरूमा यसले अनुहारलार्इ स्क्यान गर्ने र पासवर्डको सट्टामा अनुहार हेरेर खोल्न सक्ने नसक्ने देखाउँदछ । पासवर्डको सट्टमा अाफ्नै अनुहारलार्इ प्रयोग गर्न सकिने लगायतका थ्री डि फेस स्क्यानरको ५.८ र्इन्चको स्क्रीन जसमा सुधारीएको क्यामारा जडान गरीएको बताइएको छ । यसको अहिलेको मुल्य १८२९ डलर अर्थात झन्डै डेढ लाख नेपाली रूपँया बराबर रहेको छ ।

हरेक वर्ष जस्तै नयाँ नयाँ संस्करण लिएर अाएर अाफ्ना ग्राहकहरूलार्इ यस्ले अाफुतर्फ अाकर्षण गर्दै सफल व्यवसायीक कम्पनीका रूपमा विश्वमा स्थापित भएको छ । एप्पल कम्पनीका अनुशार यसपालि १० मिलियनको पुर्व अर्डर रहेको छ भने जम्माजम्मी ५० मिलियनलार्इ बेच्ने अनुमान गरीएको छ । यसले उनीहरूको यो व्यवसायको व्यापार शिखरमा पुर्याउने देखिन्छ । पुजीवादको विषेशता नै हरेक वर्ष नयाँ नयाँ संस्करणका सामाग्रीहरू, वस्तु तथा सेवाहरू ल्याउने र त्यसप्रति उपभोक्तालार्इ अाकर्षीत गराएर उनीहरूको धन संचयलार्इ अाफुतर्फ खिच्ने निती रहँदै अाएको छ ।

                  

यसैगरी व्यक्तिले एउटा फोनले ५ वर्ष र १० वर्षसम्म चलाउन सक्ने अवस्था हुँदाहुँदै पनि बजारको प्रतिस्पर्धा र होडबाजीमा अाफ्नो धनलार्इ यतातर्फ खर्चिने गरेका छन् । अाइफोन जस्तै गरेर गाडि तथा विभिन्न भाैतिक प्राविधीक साधनहरूमा एकपछि अर्को गर्दै मान्छे लोभिदै जाँदा पुँजी र प्रविधीको मान्छे दास बनेको छ । अावश्यक्ता भन्दा पनि इच्छा र चाहनाको पछि लाग्दा मानिसहरू अाफ्नो उर्जाशील समय अर्थ अार्जन गर्नमा र त्यो अर्थ अार्जन भाैतिक सामाग्री जोड्नमा मात्र व्यस्त बनेको देखिन्छन् । र यो २१अाैँ शताब्दिका मान्छेहरूलार्इ अप्रत्यक्ष रूपमा समाग्रीहरूको दास बनाएर अाफु लाभान्वित हुन पल्किएका कम्पनीहरूले भने हरेक वर्ष नयाँ नयाँ मोडलका, नयाँ नयाँ संस्करणका सामाग्री ल्याउने गरेका छन् । यसले गर्दा उनीहरूलार्इ लाभ त हुन्छ नै त्यसको अर्थतन्त्र पनि बढेको र कर तिरेको उनीहरू बताउने गर्छन् । तर यसले गर्दा जवान तथा युवाहरूमा लोभ बढ्दै जाने नयाँ संस्करणपछि तथा धनीहरू र गरीबीको खाडल पनि बढ्दै जाने एक विश्लेषक बताउँछन् ।

सिड्नीमा सुप्रीया तमाङ अाइफोन खरीद गरीसकेपछि बताउँछिन्, ” मलार्इ यस्तो रहर लाग्ने थिएन तर धेरै साथीहरूको होडबाजीमा मैले पनि खरीद गरेँ”, जबकी हामी यो अावश्यक्तालार्इ थोरै अर्थमा अावश्यक्ता पुरा गर्न सक्थ्याैँ भने यति धेरै रकम तिरेर किन फोन लिएको भन्ने जिज्ञासामा उनको भनाइ थियो, “यो चाहना र समयको माग हो, एकचोटी इच्छा गरेको पुर्याउँ भनेर गरेको हो तर यसले निकै ठुलो अार्थिक भार बहन गर्नु परेको छ ।”

यसो त अाइफोन १० अरू ल्यापटप भन्दा पनि धेरै महंगो छ र अाइफोन कै ल्याप्टप भन्दा पनि महंगो रहेको छ । हेराैँ यस्ता संस्करणहरूले नेपाली बजारलार्इ पनि पक्कै अाकर्षीत गर्ने छ । तर युवा पीडिहरूले सजग हुनुपर्ने कुरा के छ भने नयाँ नयाँ कम्पनीहरूले नयाँ नयाँ मोडलहरू उत्पादान गर्दैमा ती सबै खरीद गर्नै पर्छ र भीड हिँडेको बाटोमा हिँड्नै पर्छ भन्ने पक्कै होइन । यो कुरा हामीले नयाँ पुस्तालार्इ सिकाउनु परेको छ भन्ने कुरा केहि विश्लेषकहरू बताउँछन् ।

200 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु