ऐश्वर्या नाममा यसरी राखियो यस फूलको नाम

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । विश्वसुन्दरी भइसकेकी बलिउड अभिनेत्री ऐश्राेर्याको सुन्दरताका बारेमा आजपनि विश्वका विभिन्न स्थानमा चर्चा हुने गरेको पाइन्छ ।

उनलाई अझै पनि अहिलेसम्मकी सबैभन्दा राम्री विश्वसुन्दरी मानिन्छ । ४४ वर्षीया भइसकेकी ऐश्राेर्या आमा बनिसकेपनि उत्तिकै जवान र सुन्दर देखिन्छिन् । उनको सुन्दरताको राजबारे धेरैले जान्न चाहेका छन् । त्यस्तै उनको सुन्दरताको चर्चा नेदरल्यान्डमा यति धेरै भयो कि उनको नाममा त्यहाँको फूलको नाम राखिएको छ ।

नेदरल्यान्डको पर्यटन बोर्डले यस कार्यक्रमका लागि भव्य उत्सवको समेत आयोजना गरेको थियो । त्यहाँका प्रबन्ध निर्देशकले ऐश्राेर्यालाई सुन्दरताको प्रतीकका रुपमा लिने र त्यस स्थानमा पाइने टुलिपको नाम पनि उनकै नाममा राख्ने निर्णय गरेका थिए । यसकारण त्यहाँको एक विशेष किसिमको टुलिप फूलको नाम ‘ऐश्राेर्या’ राखिएको छ। एजेन्सी

99 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु