बलिउड बादशाह शाहरुखकी छोरी सुहाना फेरी चर्चामा, यस्तो छ कारण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुम्बर्इ । बलिउड बादशाह शाहरुख खानको छोरी सुहाना विशेषगरी अाफ्नो पहिरनका सन्दर्भमा चर्चामा रहने गरेकी छिन्।

१७ वर्षकी सुहानाको आफ्नो ग्लामर शैली, ब्रान्डेड र महंगो लुगाका कारण उनी प्रायः चर्चामा आइरहन्छिन्। पछिल्लो हप्ता मात्र उनी अाफ्नी अामा गाैरीले दिएको पार्टीमा हट अवतारमा देखिएकी कारण चर्चामा रहेकी थिइन् ।

मुम्बईस्थित धीरुभाई अम्बानीको स्कुलबाट कक्षा १० को पढाई सकेर एनी हाल लन्डनमा पढिरहेकी छिन् । ग्य्राजुएसन पश्चात अाफ्नो बुवा जस्तै फिल्मी क्षेत्रमा प्रवेश गर्ने उनको चाहना रहेको छ ।

हिजो शाहरुखको ५२ औं जन्मदिनको दिन उनी फेरी नयाँ पोसाकमा देखा परिन् जुन पोसाकका कारण उनी अहिले चर्चामा छिन् । उनी गिभेन्ची ब्रान्डको टि–सर्टमा देखा परेकी थिइन् जुन देख्दा सस्तो देखिए पनि यसको मुल्य सुनेर जो-कोहि अाम मानिसले पनि जिब्रो टोक्छन् । सुहानाले लगाएको उक्त टि–सर्टको दाम १०–२० हजार नभएर पुरै ५० हजार २ सय १९ रुपैयाँको हो ।

यसअघि पनि आमिर खानको फिल्म ‘सीक्रेट सुपरस्टार’ हेर्न ६४ हजार रुपैयाँ पर्ने गिउसेप जानोटी ब्रान्डको जुत्ता पहिरिएर उनी हलमा देखा परेकी थिइन्।

227 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु