नेपालको संकट अझै ३ वर्षः ज्योतीष नरेन्द्र शास्त्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपालन्युज-  ज्योतीष नरेन्द्र शास्त्री भविष्यवाणी गर्नुहुन्छ र उहाँको यस भविष्यवाणीलार्इ सबैले विश्वास गरेका छन् र उहाँकै भविष्यवाणीको लागी धेरैले धाउने गरेका पनि छन् ।

शिक्षा क्षेत्रमा पनि अावद्द ‘शास्त्री’ ज्योतीष क्षेत्रमा लागेको ५ दशक भइसकेको छ । उहाँले २०४५ सालमा स्वर्गिय राजा वीरेन्द्रको पनि चिना हेर्नुभएको थियो । स्वर्गिय राजा वीरेन्द्रको चिनामा गरीब लेखिएको पाएको उहाँले बताउनु भएको छ । नभन्दै पछि गएर राजा वीरेन्द्र निसन्तान र निधन भएका थिए ।  उहाँले २२ वटा जिल्लाको जिल्ला शिक्षा अधिकारीहरूको साथै अन्य विशिष्ट  व्यक्त्तिहरुको पनि चिना हेरीसक्नुभएको छ । चार वेदको १८ अंग मध्ये ज्योतीष शास्त्र पनि एक भएको शास्त्री बताउनु हुन्छ । चिना भाग्य रेखाको दस्तावेज ,धनी र गरीब सबैमा १० इन्द्रिय हुने तर मानिसको भुत, भविष्य र वर्तमानमा ग्रहले प्रमुख भुमिका खेल्ने उहाँले बताउनु भएको छ ।

उहाँका अनुशार अमेरीका,रूस,तिब्बत जस्ता देशहरूले चार वेदलार्इ नै व्यवहारमा उतारेको र माथि पुग्न सफल भएको हो । विज्ञानको अाविष्कारक नै धर्म र ज्योतीष विध्या भएको उहाँको ठम्यार्इ छ । पहिले पहिले मान्छेको मात्र चिना हेरीने भएपनि अहिले देश,पार्टी र राजनीतिको पनि भविष्य हेरीन्छ । देशको नाम र स्थापीत समयको अाधारमा देशको भविष्य पनि थाहा पाइन सकिने र यसै अनुरूप अन्यको पनि भविष्य थाहा पाउन सकिने उहाँले बताउनु भयो ।

नेपालको संकट अझै ३ वर्ष रहेको र अबको ३ वर्ष पछि भने केहि नयाँ अनुहारले देशलार्इ राम्रो बनाउने ज्योतीष शास्त्रीले असनेपाल न्युजलाई बताउनु भएको छ ।

187 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु