शरीरका यी अङ्ग बारम्बार छुँदा लाग्न सक्छन् रोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । कहिलेकाही हाम्रै शरीरका अंगहरू रोगका संक्रमणको अाधार बन्न सक्छन् । हाम्रा शरीरका कतिपय भागमा छोइरहदा संक्रमण हुने खतरा हुन्छ जसका कारण विभिन्न थरीको रोग पैदा हुन्छन् ।  सावधानी अपनाउने र हातलाई सफा राख्नाले भने यस समस्याबाट बच्न सकिन्छ :

१) काखी
पसिनाका कारण हाम्रो काखीमा विभिन्न ब्याक्टेरियाहरु बसेका हुन्छन् । यसलाई बारम्बार छोइरह्यो भने हातमार्फत ती ब्याक्टेरिया शरीरका अन्य भागमा पनि फैलन्छन् ।

२) आँखा
आँखा मिचिरहँदा हातका किटाणु आँखामा सरेर विभिन्न रोग लाग्न र संक्रमण हुन सक्छन् ।

३) अनुहार
दिनभर अनुहारलाई बारम्बार छोइरहँदा हातका सबै ब्याक्टेरिया, फोहार र चिल्लो अनुहारमा जम्मा हुन थाल्छन् जसका कारण पिम्पलको समस्या र संक्रमण हुने खतरा पनि बढ्छ ।

४) नाक
नाक सफा गर्न कतिपय मानिसहरु औँलाको प्रयोग गर्ने गर्छन् । यसो गर्नाले नाकका सबै ब्याक्टेरिया हातमा सर्छन् जुन अन्य भागमा फैलिएर संक्रमण पनि हुन सक्छ । यसका साथै यसले नाकमा पनि असर पुर्याउँछ । त्यसो गरिरहने मनिसको नाकको प्वाल ठूलो हुन सक्छ ।

५) मुख
हातका औँलाले बारम्बार मुख वा ओठमा छोइरहने गर्दा हातका सबै किटाणु मुखमा पुग्छन् जसका कारण भाइरल संक्रमणको खतरा बढ्छ ।

६) कान
कानलाई जे चिज पायो त्यसैले सफा गर्नु हुँदैन । अन्य वस्तुमा किटाणु हुन सक्ने भएकाले एयर बडले मात्र सफा गर्नुपर्छ । त्यस्तै कानलाई चलाइरहने गर्दा पनि संक्रमण हुने, चिलाउने अनि रातो हुने समस्या हुन सक्छ ।

145 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु