११२ वटा बैंक तथा फाईनान्सको मर्जर गर्ने अावेदन खारेज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं । राष्ट्र बैंकले जारी गरेको मर्जर सम्वन्धी बिनियमावली कार्यान्वयनमा आएपश्चात ११२ वटा संस्थाहरुको अावेदन खारेज भएको छ । अनुमती खारेजी पश्चात बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स र लघुबित्त समेत गरी ३९ संस्था नै कायम भएकाे राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपछि २०७४ भदौ मसान्तसम्म कुल एक सय ५१ वटा बैंक तथा वित्तीय संस्थाहरू यस पक्रयामा सामेल भएका छन् ।

बैंक तथा फाईनान्स कम्पनीहरुको मर्जरमा जान थालेपछि नेप्सेमा सुचीकृत कम्पनीहरुको संख्या पनि घट्दै गएको छ । २०७३ भदौ मसान्तमा २२७ संस्थाहरू नेप्सेमा सुचीकृत रहेकामा २०७४ भदौ मसान्तसम्ममा यो संख्या घटेर १९६ पुगेको हो ।

134 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु