हकप्रद शेयर भर्न र लिलामीमा भाग लिन अब अास्वाबाटै सकिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले हकप्रदमा आस्वाबाट पनि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।  यसैगरी हकप्रदमा नबिकेको शेयर लिलामीमा काठमाडौं उपत्यकाबाहिरबाट पनि सहभागी हुन पाइने छ ।

लगानीकर्ताले हकप्रदमा आस्वा सेवा लागू गर्न र उपत्यका बाहिरकाले पनि लिलामीमा भाग लिन पाउने व्यवस्था गर्न बोर्डलाई दवाव दिँदै आएका थिए ।

यसअघि साधारण शेयर र थप निश्काशन अर्थात आइपिओ र एफपिओमा मात्र आस्वाबाट आवेदन दिन पाइने व्यवस्था थियो  । यसअघि हकप्रद भर्न तोकिएको बैंक तथा वित्तीय संस्थामा मात्र जानु पर्ने भए पनि अब आस्वा सेवा प्रदान गर्ने सबै संस्थाबाट हकप्रद भर्न पाइने छ ।

यो नयाँ व्यवस्थाबाट लगानीकर्ताले सहजरुपमा हकप्रद शेयर भर्न पाउने र लिलामीमा भाग लिन पाउने हुँदा धितोपत्र बजार सुदृढ हुनुका साथै  बजार विस्तार हुने अपेक्षासमेत गरिएको बोर्डले जनाएको छ ।

90 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु