साउदीले विश्वमै पहिलो पटक दियो कृत्रिम मानव(रोबोट)लाई नागरिकता ( भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । साउदी अरब कृत्रिम मानव (रोबोट) लाई नागरिकता दिने विश्वमै प्रथम देश बनेको छ । सोफिया नामक रोबोटलार्इ साउदीले नागरिकता दिइएको छ । साउदी अरबको पब्लिक रिलेशन अफेयर्स कमिटीले आफ्नो आधिकारिक ट्विटर मार्फत यो दबर सार्वजनिक गरेको हो । ट्वीटरमा सोफिया साउदीले नागरीकता दिएको विश्वकै पहिलो रोबोट भएको उल्लेख गरीएको छ ।

नागरिकता पाएपछि रोबोट सोफियाले खुसी हुँदै भनेकी छिन्, ‘म यस सम्मानबाट अत्यन्तै गाैरव महसुस गरिरहेको छु, पहिलो पटक रोबोटलाई नागरिकताबाट पहिचान गरीनु ऐतिहासिक भएको छ । म मानिसहरुका बीच भरोसा बढाउने काम गर्नेछु ।’

सोफियाले रियादमा आयोजना हुने फ्युचर इन्भेस्टमेन्ट समिटमा सभाध्यक्षको भूमिका निर्वाह गरिन् । सम्मेलनमा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले देशलाई आधुनिक बनाउने योजना अन्तर्गत लिबरल इस्लामको पुनर्स्थापना आफूले चाहेको बताएका छन् ।

सोफियालाई हङकङका हेनसन रोबोटिक्सले बनाएको हो । मुहारको एक्सप्रेसन बुझ्ने र जोसूकैसँग सामान्य कुरा गर्न सक्ने क्षमता यो रोबोटमा छ । पत्रकार एन्ड्र्यु सोरोकिनले सोफियाको अन्तरवार्तासमेत लिएका थिए । सोरोकिनको प्रश्नहरुको जवाफ सोफियाले निकै कुशलतापूर्वक दिएकी थिइन् । रोबोट सोफियासँग लिइएको अन्तरवार्ता जस्ताको तस्तै :

(एजेन्सीहरूको सहयोगमा)

201 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु