यस्ता छन् विष सावित हुनसक्ने ७ दैनिक खाद्य वस्तु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । हामीले नियमीत रूपमा खाँदै अाएका विभिन्न खानेकुराहरू नै हाम्रो स्वास्थ्यको हितमा नभएको विभिन्न अनुसन्धानहरूबाट पुष्टि भइरहेको छ । यस्तै विश्व क्यान्सर अनुसन्धानले धेरै नुन खानाले मानिसमा पछि गएर पेटको क्यान्सर देखिन सक्ने सम्भावना रहेको बताएको छ । नुन मात्र नभएर निम्न खानाहरूले पनि विस्तारै विषको काम गर्ने र गम्भीर रोग उत्पन्न गराउन सक्छन् ।

चिनी
चिनी धेरै खाँदा कलेजोमा ग्लाइकोजनको मात्रा कम हुँदै जसका कारण थकान महसुस हुने, मोटोपनाको समस्या उत्पन्न हुने, माइग्रेन, दमको रोग र मधुमेह जस्ता देखिन सक्छ । विषेशगरी वृद्ध अवस्थामा यसले यसले चाँडै र धेरै असर गर्न थाल्छ ।

नुन
नुनमा पाइने अत्याधिक सोडियमका कारण धेरै नुनको सेवनले शरीरमा रक्तचाप बढ्न थाल्छ जसले हृदयघातको सम्भावना पनि निम्त्याउन सक्छ । लामो समयसम्म कडा नुन खानाले क्यान्सर पनि हुन सक्छ र अस्टियोपोरोसिस नामक रोगको लाग्ने खतरा पनि हुन्छ ।

मैदा
मैदाको पिठो बनाउने क्रममा यसमा फाइबर पनि बन्ने हुनाले धेरै मैदा खाँदा पेट खराब हुने गर्छ । यसमा ब्लीचीङ एजेन्टहरु पनि हुन्छ जसले रगतलाई पातलो बनाइदिन्छ र यसले हृदयघातको खतरा बढाउँछ ।

जाइफल
जाइफलमा पाइने माइरिस्टिीसीन नामक पदार्थ शरीरका लागी हानिकारक हुन्छ । त्यसैले यसको लगातार सेवनले मुटुको धड्कनको गति बढ्न गर्इ कतिपय मानिसलाई उल्टी आउन सक्छ र यसले दिमागी शक्तिमा पनि ह्रास ल्याउन सक्छ ।

च्याउ
काँचो च्याउमा कार्सिनोजेनिक पदार्थ हुन्छ जसकारण काँचो च्याउ खाने व्यक्तिमा क्यान्सरको संभावना धेरै हुन्छ ।

टुसा पलाएको आलु
टुसा पलाएको आलुमा पाइने ग्लाइकोअल्केलाइड्स नामक पदार्थले पखाला लगाउँछ । त्यसैले यस्तो आलु नियमित खानाले टाउको दुख्ने र बेहोश हुने समस्या देखा पर्दछ ।

कोल्ड ड्रिङ्क
कोल्ड ड्रिङ्कमा चिनी र फोस्फोरिक एसिडको मात्रा बढी हुने हुँदा धेरै कोल्ड ड्रिङ्क पिउँदा मुटुसम्बन्धी समस्या देखा पर्न सक्नुका साथै यसले दिमागको शक्तिलाई पनि घटाइदिन्छ ।

 

150 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु