जाडो समयमा मुटुरोगीले यस्ता कुरामा ध्यान दिनुपर्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । मुटुरोग र सुगरबीच अन्योन्यास्रित सम्वन्ध हुन्छ । मुटुरोगीलाई जस्तै सुगरका बिरामीलाई पनि हृदयघातको सम्भावना उत्तिकै हुन्छ । गर्मीमा भन्दा जाडो मौसममा धेरै खान रुची हुने र कसैकसैले यसैको फाइदा उठाउदै अनियन्त्रित रुपमा भोजन गर्ने प्रचलनले सुगरको मात्रा ह्वात्तै बढ्छ । यसको असर मुटुमै गई ठोक्किन्छ । त्यसैले मुटुरोगीहरु सुगरको पनि परीक्षण गरि राख्नुपर्छ ।

कतिपयले जाडो छल्ने बहानामा चिसो मौसममा झनै बढी चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइन्छ । तर त्यो सर्बथा गलत हो । किनकी त्यसै खुम्चिएको रक्तनलीहरुलाई यसको सेवनले थप साँघुरो बनाउछ जसले गर्दा हृदयघातको सम्भावना बढी हुन्छ । त्यसैले मुटुरोगबाट बच्नका लागि सकेसम्म कहिल्यै चुरोट तथा सूर्तीजन्य पदार्थको प्रयोग नगरेको राम्रो ।

कतिपयले जाडो मौसममा शरीर तताउन भन्दै अत्यधिक मदिराको सेवन गर्ने गरेको पाइन्छ । त्यो पनि स्वास्थ्यका लागि हानिकारक छ । अत्यधिक मदिराले कोलेष्ट्रेरोल बढ्न जान्छ । अझ अधिकांशले मदिरासंगै अत्यधिक मासु तथा चिल्लो पदार्थको सेवन गर्ने गर्दछन यसले थप असर पार्दछ ।

कतिपयले प्रेसर र सुगरका औषधिहरु अनियमित रुपमा लिने गरेको पाइन्छ । तर यस्तो गर्नु आफैलाई खतरामा धकेल्नु हो । मुटु, सुगर तथा दमका विरामीका लागि जाडोको समय प्रतिकुल नै हुने भएकोले यस्तो बेलामा औषधिहरुको नियमीत सेवन गरौँ । एजेन्सी

150 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु