सकारात्मक सोचबाट यसरि लाभान्वित बन्दैछ नेपाली समाज अस्ट्रेलियामा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज ।रोशन ढकाल । सिड्नी अष्ट्रेलियाको सिड्नीस्थित क्याम्पसि एक विशेष उत्प्रेरणा तथा सकारात्मक सोच सम्बन्धि कार्यक्रम संचालन गरीएको छ । क्यान्टवरी नेपाली समाजको अायोजनामा अायोजित सो कार्यक्रममा समुदायका विभिन्न व्यक्तिहरूले लाभ उठाएका थिए ।

सो अवसरमा सकारात्मक सोच तथा योग ध्यान प्रबर्दक, नेपालका लागी फिजिका साँस्कृतिक राजदुत तथा विश्व शान्ति परीषद्का शान्तिदुत अाचार्य राजन शर्माले पुराना पुस्ताले बटुलेको अनुभव नयाँ पुस्ताको लागी सम्पति हो, यहि सम्पतिको जगमा हामी जहाँ पुगेपनि हामी अाफ्नो सँस्कृतिको महल ठड्याउन सक्छाैँ, बृद्दहरू हाम्रा सम्पतिहरू हुन् र उहाँहरू जहाँ पुगेपनि उहाँहरूको सम्मान गर्दै उहाँहरूले सिकेका अनुभवलार्इ हामीले सभ्यताको उर्जाको रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

सो अवशरमा हाँस्य योग तथा जीवनलार्इ सुखद बनाउनका लागी के-कस्ता उपायहरू अवलम्बन सकिन्छ, यसमाथि उहाँले चर्चा गर्नुभएको थियो । सो अवशरमा समुदायका तर्फबाट डा. नारायण प्रधान, त्यस्तै गरेर सुसमाजकी अध्यक्ष राधिका ढकाल,वालप्रसाद  ,कृष्ण श्रेष्ठ ,वमबहादुर मल्ल ,निवर्तमान कोषाध्यक्ष गणेश कुमार गाैतम लगायत विभिन्न पदाधिकारीहरूले समेत अा-अाफ्नो धारणा राख्नु भएको थियो । सो अवसरमा नेपालबाट अष्ट्रेलिया अाउनुभएका समाजका सदस्यहरूलार्इ स्वागत गरीएको थियो भने अष्ट्रेलियाबाट नेपाल जाँदै गर्नुभएका समुदायका सदस्यहरूलार्इ विदार्इ तथा सम्मान गरीएको थियो ।

जीवन जहाँ पुगोस् हामीभित्रको सकारात्क उर्जा सेलाउन पाउनु हुँदैन, जहाँ पुगेपनि एउटा महान् सोचका साथ मान्छे अघि बढी नै रहनुपर्छ, जुनदिन मान्छेभित्रको सृजना शक्ति मर्छ, त्यो सृजना शक्ति मर्नु भनेको मृत जीवन हो र यसलार्इ उर्जाशील बनार्इराख्नका लागी हामी जहाँ-जहाँबाट भएपनि उठ्न सक्छाैँ भन्दै सो कार्यक्रममा अाचार्य राजन शर्माले अाफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा समाजका विभिन्न सदस्यहरूले यस्ता कार्यक्रमलार्इ निरन्तरता दिन पर्ने बताएका थिए ।जीवनलाई सरल र अर्थ पूर्ण बनाउंने अभियान अन्तर्गत विभिन्न देशमा झैं अस्ट्रेलियाका विभिन्न स्थानमा यस्ता कार्यक्रम सन्चालन हुने गरेको समुदायका सदस्यहरू बताउंनु हुन्छ । आचार्य राजन शर्माको अगुवाईमा पूर्वीय दर्शनमा आधारित योग , मनोविज्ञान , भावातित ध्यान मनोचिकित्साका कार्यक्रम सन्चालन बाट नेपाली तथा विदेशि हरू समेत लाभान्वित हुने गरेको समुदायका अग्रज नेपाली डा नारायण प्रधान बताउंनु हुन्छ । यस्ता कार्यक्रमले युवा तथा पुराना पुस्तालाई उत्प्रेरणा र जीवन प्रतिको धारणा मै परिवर्तन आउंने गरेको समाजका अगुवा गणेश गौतम असनेपालन्युजलाई बताउंनु हुन्छ ।

314 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु