अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका युवा भरत देवकोटाले स्थापना गरे वेस्टलिङ्क एजुकेशन एण्ड भिजा सर्भिस:

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हामी विश्वको जुनसुकै मुलूकमा बसे पनि आफ्नै मुलुकलाइ जब स्पर्श गर्छौँ भने हामीले आर्जेको धनले ठूलो अर्थ राख्दछ। प्रवासमा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देशप्रति स्पर्श गर्नु हाम्रो दायीत्व पनि हो ।आफूले गरेको कर्मले जब आफ्नै मुलुकको निम्ती स्पर्श हुन्छभने हामीले गरेको कर्म र आर्जेको धनको ठुलो अर्थ रहन्छ।

एक युवा तन्नेरी जसले सपना देखे सपना पुरा गर्न लागिरहे मेहनत गरिरहे आज उनै युवा सफलतासँगै अघि बढीरहेका छन।उनले पाएको सफलताले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपालीकै निम्ती जब स्पर्श हुन्छ त्यो राम्रो पक्ष हो। सन २००७ मा अष्ट्रेलिया आएका एक युवा भरत देवकोटा अहिले वेस्टलिङ्क एजुकेशन एण्ड भिजा सर्भिसको स्थापना गरेका छन । धेरै युवा तन्नेरीहरुमाझ लोकप्रिय देवकोटा नेपाली युथ फोरम अष्ट्रेलियाका संस्थापक अध्यक्ष समेत हुन ।

विभिन्न सामाजीक संस्थामा आवद्ध संग संगै सामाजीक कार्यमा सक्रिय रुपमा लागिरहने देवकोटाले हिजो २७ अक्टोवर २०१७ शुक्रबारका दिन सिड्नी स्थित ३०९ पिट स्ट्रिट को लेभल ६ मा सो सर्भिसको विधिवत रुपमा उद्घाटनगरेका छन। एनएसडब्लुका लागि अवैतनिक महाबाणिज्यदूत दिपक खड्काले वेस्टलिङ्क एजुकेशन एण्ड भिजा सर्भिसको उद्घाटन गरेका हुन । सो उद्घाटन समारोहमा फिजीकालागि नेपाली सांस्कृतीक राजदूत तथा विश्व शान्तीदूत भीमसेन सापकोटा सहभागि हुनुहुन्थ्यौ।

असनेपालन्युजसंगको कुराकानीमा देवकोटाले व्यवसाहि आफ्नैपाटोमा रहेपनि नेपाली विद्यार्थीहरुलाई इमान्दारीताका साथ सहि सल्लाहा प्रदान गर्ने मुल उदेश्य रहेको बताए। सो समारोहमा नेपाली युथ फोरम अष्ट्रेलियाका अध्यक्ष सागर अधिकारी, नेपाली अष्ट्रेलियन युथ एसोसियसनका अध्यक्ष प्रकास खरेल , हिरा कंडेल,डिला खरेल,समिर आचार्य,केशव जोशि,किरन थापा,अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्मा,विसम गौतम,आशिष अधिकारी,लगायत नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो। साथै सबैले देवकोटालाई शुभकामना दिएका थिए।

111 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु