अष्ट्रेलियाली सरकारले गर्यो प्रवेषाज्ञा कडाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज । विगत केहि वर्षदेखि नेपाली कामदार तथा विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्न सफल अष्ट्रेलियाले फेरी प्रवेषाज्ञा नियममा कडाइ गरेको छ । अष्ट्रेलियाली सरकारले अपनाएको अाफ्नो नयाँ व्यवस्थाले नेपाल र नेपाल जस्ता अन्य देशका कामदारलाई कठिनार्इ सृजना हुने भएको छ । अष्ट्रेलियाली अध्यागमन विभागले २ सय प्रकारका कामलाई आफ्नो सूचीबाट हटाएको छ ।

दक्ष कामदार सम्बन्धी ४५७ भिसा बन्द गर्ने निर्णय गरेको ४८ घण्टा नबित्दै अस्ट्रेलियाली सरकारले विदेशीहरुलाई प्रदान गर्दै आएको  नागरिकता सम्बन्धमा पनि कडाइका साथ नीति परिवर्तन गरेको छ।

अष्ट्रेलियाली सरकारले अब बन्ने नागरिकहरू अंग्रेजी भाषामा दक्ष र अष्ट्रेलियाली नियम, कानुन र यसका मूल्य मान्यताहरुसँग राम्रोसँग परीचित हुनुपर्ने उल्लेख गरेको छ । अष्ट्रेलियन समुदायबीच अझ सहजता हुने विश्वास अष्ट्रेलियाली सरकारको रहेको छ।

यसअघि स्थायी बसोबास अाज्ञा पाएको एक वर्ष र अस्ट्रेलियामा बसेको चार वर्ष पुरा भएकालाई सहजै नागरिकता दिइन्थ्यो भने परिमार्जित नियम अनुरूप स्थाई अनुमति अर्थात पीअार पाएको ४ वर्ष पछि मात्र अन्य नागरीकले अष्ट्रेलियाली नागरिकताको लागि आवेदन दिन सक्नेछन् ।

यसैगरी सरकारले निर्धारण गरेको अंग्रेजी परीक्षा उत्तीर्ण गरेपछि नागरिकताको विशेष परीक्षा पनि उत्तीर्ण गर्नुपर्ने भएको छ । यस्तो परीक्षामा एक व्यक्ति ३ पटक मात्र सामेल हुन पाउने व्यवस्था पनि परिवर्तित नियमले गरेको छ। तीन पटकसम्म उत्तीर्ण नभएमा अागामी केही वर्षका लागि नागरिकताका लागी आवेदन दिन अयोग्य सावित हुनेछ । थप जानकारीका लागि अध्यागमनको यो साइट हेर्न सकिने छ । https://www.border.gov.au/Trav/Citi/whats-new एजेन्सीहरूको सहयोगमा

2,175 total views, 4 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु